काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले २५ वर्ष (रजतजयन्ती)को अवसरमा नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको समन्वयमा बुधबार बिहान प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । 

बिहान ७ः३० बजेबाट काठमाण्डौको भद्रकालीबाट प्रभातफेरि सुरु भएको थियो । त्यहाँदेखि शहिदगेट, रत्नपार्क हुँदै भृकुटीमण्डप पुगी समापन भएको कार्यक्रममा धितोपत्र बजार सम्बन्धी विभिन्न सचेतनामूलक प्लेकार्डसहित बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ्ग लि., इक्रा नेपाल लि., धितोपत्र व्यवसायी (धितोपत्र दलाल, मर्चेण्ट बैंकर, निक्षेप सदस्य), लगायतका निकायका पदाधिकारी एंव कर्मचारीहरु समेत गरी करिब सातसय जनाको सहभागिता थियो ।