काठमाण्डौ। मन्त्रिपरिषद्ले लकडाउनको अवधि बढाएसँगै धितोपत्र बजार पनि जेठ ३२ गतेसम्म बन्द हुने भएको छ।

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत वर्ष चैत ११ गतेदेखि लकडाउन जारी राखेको छ। यही क्रममा हिजो बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको अवधि बढाउँदै जेठ ३२ गतेसम्म कायम रहने निर्णय गरेको छ। 

मन्त्रिपरिषद्को निर्णयसँगै धितोपत्र बजार पनि जेठ ३२ गतेसम्म बन्द रहने भएको हो। नेपाल धितोपत्र बोर्डले यसअघि नै लकडाउन अवधिभर धितोपत्र बजार बन्द गर्ने निर्देशन पत्र नेप्सेमा पत्रचार गरेका कारण बजार स्वतः बन्द हुने नेप्सेका एक उच्च अधिकारीले बिजशालालाई जानकारी दिए।

यसअघि नेप्सेले आगामी जेठ २० गतेसम्म लकडाउन रहेको र परिस्थिति काबुबाहिर रहेको जनाउँदै धितोपत्र बजार बन्द हुने जनाएको थियो।