काठमाण्डौ । आफूले लगानी गरेको बैंक, बित्तीय संस्था तथा सूचिकृत कम्पनीहरुले कहिले लाभांश देलान् भनेर लगानीकर्ता प्रतिक्षा गरेर बसेको हुन्छ । कुनै कम्पनीले राम्रो लाभांश घोषणा गर्ने संकेत देखेकै भरमा समेत त्यसको सेयरमा लाखौ लगानी गर्ने र मौकाको फाइदा उठाउनेको निकै ठूलो समूह छ नेपालमा । तर, केही लगानीकर्ता यति धेरै हुुस्सुु र बेमतलबी छन् कि, जसले आफूले लगानी गरेको कम्पनीबाट नगद लाभांश समेत लिने तदारुकता देखाउँदैनन् । विभिन्न समस्याका कारण कतिपयले यस्तो लाभांश नबुुझे पनि धेरैले चाहि लाभांश बुुझ्ने मतलब नै नगरेका देखिएको छ । 

बिहीबार नेपाल एसबीआई बैंकले यस्तै एक सूचना प्रकाशित गरेको छ, जहाँ ११ वटा आर्थिक वर्षसम्मको नगद लाभांश नबुुझ्ने हुुस्सु र बेमतलबी सेयरधनीलाई सम्बोधन गरिएको छ । 

आर्थिक वर्ष २०५२/५३ देखि २०६८/६९ सम्म तीनवटा आर्थिक वर्ष छाडेर बाँकी ११ वटा आबमा बैंकले घोषणा गरेको नगद लाभांश नलिएका सेयरधनीलाई ३० दिनभित्र आवश्यक कागजातसहित उपस्थित हुन आग्रह गरेको छ । 

यी सबै आर्थिक वर्षका गरी हुुस्सु सेयरधनीहरुले ६० लाख १७ हजार २ सय ४ रुपैयाँ १७ पैसा नगद लाभांश नै नबुुझेका बैंकको सूचनामा उल्लेख छ । 

बैंकले प्रकाशित गरेको सूचना यहाँ राखिएको छ :