काठमाण्डौ । बेलायतकी महारानीको सेवामा खटिने एक कामदारमा कोरोनाभाइरस भेटिएको छ । जसले गर्दा महारानीमा समेत कोरोनाभाइरस हुुनसक्ने जोखिम बढेको बेलायतको पत्रिका द सनले जनाएको छ ।

राजदरबारको कुुकुरको हेरचाह गर्ने एक कामदार कोरोना टेस्टमा पोजेटिभ पाइएपछि उनलाई सेल्फ क्वारेन्टाइनमा रहन कामबाट बिदा दिइएको छ । अहिले उनी घरमै बसेर कोरोनासँग जुुधिरहेका छन् । 

राजदरबारमा काम गर्ने अन्य सबै कामदारको पनि कोरोनाको जाँच गरिएको थियो । जसमा कुुकुुरको हेरचाह गर्ने कामदारबाहेक सबैको जाँच नेगेटिभ आएको थियो । 

राजदरबारमा काम गर्ने कामदारलाई कोरोना संक्रमण देखिएपछि ९३ वर्षिय महारानी एलिजाबेथलाई पनि कोरोनाभाइरसको संक्रमण भए नभएको बारे चासो बढेको छ । 

राजदरबारको कामदारलाई कोरोना संक्रमण देखिएपछि बेलयाती महारानी विन्डसोर क्यासलमा पति प्रिन्स फिलिप संग लकडाउनमा रहेकी छिन् ।

अहिले बेलायतको राजदरबारमा काम गर्ने कामदारहरुलाई जोखिम कम गर्न सेल्फ आइसोलेसनमा रहन सुुझाव दिइएको छ ।