काठमाण्डौ । हामीले समुद्रमुनि र समुद्रमाथि होटेल सञ्चालन गरिएका समाचारहरु त सुन्दै आएका छौँ तर अब छिटै नदीमाथि तैरिने होटेल सञ्चालन भएको खबर पनि सुन्न पाउने छौँ । 

नदी र समुद्रमाथि डुंगा र पानी जहाज तैरिने गरेको भए पनि अब होटेल नै तैरिँदै अवस्थामा सञ्चालनमा आउने भएपछि विश्वका धेरै मानिसको ध्यान अहिले यो होटेलले तानिनरहेको छ । 

स्विडेनको ल्यापल्यानस्थित ल्युल नदीमा यस्तो होटेल निर्माणाधीन अवस्थामा छ । यसको नाम होटेल एन्ड स्पा ‘द आर्किटिक बाथ’ राखिएको छ । निर्माणाधीन यो होटेलमा पर्यटकहरु क्रेज यति धेरै बढेको छ कि सञ्चालकले सन् २०२० र २०२१ का लागि अहिलेदेखि नै बुकिङ खुला गरिसकेको छ । 

यो होटेलमा बस्न एक दिनको ८१५ पाउन्ड अर्थात् ने.रु झन्डै १ लाख १२ हजार रुपैयाँ तोकिएको छ । 

यो होटेल गर्मीयाममा नदीमाथि तैरिएको अवस्थामा हुनेछ भने चिसोयाममा नदी जम्ने भएकोले यो होटेल पनि एक ठाउँमा अडिने छ। 

स्पा सेन्टरमा वेलनेस थिमका आधारमा काम गरिने होटेल सञ्चालकहरुले बताएका छन् । यहाँ ग्राहकलाई न्युट्रिसन, कसरत र मन शान्तका लागि विशेष थेरापी दिइनेछ । – एजेन्सी