काठमाण्डौ । नबिल बैंक लिमिटेडले डिजिटल बैंकिङमा नेतृत्वदायी भूमिकामा खरो उत्रिने उद्देश्यले ‘डिजी बैंक’ स्थापनाको घोषणा गरेको छ। 

बैंकको ३६ औँ वार्षिकोत्सवका अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नबिल बैंकको ‘डिजी बैंक’ स्थापनाको घोषणा गरेका हुन्। नबिल बैंकको ‘डिजी बैंक’ को नारा ‘लाइफ अब ढुक्क’ भन्ने राखिएको छ। 

विगत ३६ वर्षदेखि नेपालको बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्दै आएको नबिल बैंकले अब आउने पुस्तालाई समेत आफ्ना सेवामा ढुक्क बनाउन ‘डिजी बैंक’ स्थापना गरेको हो। 

छुट्टै विभागका रुपमा स्थापित ‘डिजी बैंक’ को प्रमुखका रुपमा बैंकर विनयकुमार रेग्मी नियुक्त भएका छन्। रेग्मीले आफ्ना सबै सेवालाई विस्तारै डिजिटाइज्ड गर्नका लागि ‘डिजी बैंक’ लन्च गरिएको प्रस्ट्याए।