काठमाण्डौ। नबिल बैंक लिमिटेडले पीसीआर मेसिन खरिदका लागि कर्णाली प्रदेश अस्पताललाई २८ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन एवं रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले बैंकले कर्णाली सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णालइ प्रदेश अस्पताललाई १ थान पीसीआर मेसिन खरिदका लागि उक्त रकम सहयोग प्रदान गरेको हो। बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कर्णाली प्रदेश अस्पताललाई सहयोग उपलब्ध गराइएको बैंकले जनाएको छ।

उक्त आधुनिक एवं उच्च क्षमताको मेसिनबाट नमुना छिटो र उच्च परिमाणमा परीक्षण गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ। साथै यसबाट संक्रमितको पहिचान, उपचार तथा कोरोना संक्रमण रोकथाममा प्रभावकारी सहयोग हुने बैंकको भनाइ छ।