काठमाण्डौ । नबिल बैंकले ९.५९% ब्याजदरमा इलेक्ट्रोनिक गाडी कर्जा उपलब्ध गराउने भएको छ ।

‘नबिल ई–अटो लोन’ नाम दिइएको स्किमअन्तर्गत नबिल बैंकले इलेक्ट्रोनिक गाडीका लागि यस्तो कर्जा उपलब्ध गराउने भएको हो । यो स्किमअन्तर्गत बैंकले आधार दरमा १.५% जोडेर ब्याज दर निर्धारण गरेको छ । बैंकको आधार दर ८.०९% छ । जसमा १.५ प्रतिशत जोड्दा ब्याज दर ९.५९% हुन आउँछ ।

यो स्किमअन्तर्गत बैंकले सात बर्षसम्मका लागि गाडीको कुल मूल्यांकनको ८०% सम्म ऋण उपलब्ध गराउँछ ।

बैंकले वातावरणप्रति सचेत हुँदै इलेक्ट्रिक गाडीलाई प्रवद्र्धन गर्नका लागि यस्तो स्किम ल्याइएको जनाएको छ ।