काठमाण्डौ । सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्स्, नेपालले नयाँ वर्ष २०७४ को अवसरमा आफ्ना इलेक्ट्रोनिक्स् प्रोडक्टहरुमा २०% सम्मको आकर्षक क्यासब्याक अफर ल्याएको छ । 

“क्यासमय नव वर्ष २०७४” नामक उक्त स्किम ग्राहक वर्गहरुका लागि नयाँ वर्षको उपहार स्वरुप ल्याइएको र यसले नयाँ वर्षमा आकर्षक डिल तथा अफरहरुमार्पmत एक नयाँ सुरुवात खोजिरहेकाहरुलाई उत्साहित गर्ने कम्पनीको विश्वास छ ।

यो अफर नयाँ वर्षको आगमनसँगै घरको रौनक बढाउने वा केही नयाँपन ल्याउने सोच बनाइरहेका ग्राहकहरुलाई ध्यानमा राख्दै ल्याइएको जनाएको छ । 

“क्यासमय नव वर्ष” अफर जेष्ठ १, २०७४ सम्म मान्य रहने र देशभरका समस्त सामसङ आउटलेट मार्पmत उपलब्ध हुने बताइएको छ ।