काठमाण्डौ । नयाँ कार खरीद गर्दै हुनुहुन्छ भने यो क्षण तपाईका लागि विशेष हो  । तर, कार लिएर जानुुअघि केही यस्ता विशेष कुराहरु हुन्छन्, जुन तपाईले जान्नैपर्ने हुन्छ । कतिपय डिलरहरुले कतिपय अवस्थामा यस्ता कुराहरु बताइरहेका हुँदैनन् । त्यसकारण यस्तो समयमा तपाईले कार लिनुुभन्दा अघि कतिपय कुराहरुमा दोहोर्याई तेहेर्याई जाँच गर्नुपर्ने हुुन्छ । विज्ञहरुले कयौं कार खरीद गर्नुअघि केही खास कुराहरु ग्राहकले जान्नैपर्ने सुुझाव दिइरहेका हुन्छन् । यसमा लिनुुअघिको निरीक्षणदेखि छुटसम्मका कुराहरु पर्छन् । आउनुहोस्, नयाँ गाडी किन्नुुअघि ध्यान दिनुपर्ने ६ कुराहरुको बिषयमा चर्चा गरौं :

१.खरीद गर्नुअघिको निरीक्षण
पर्व तथा विशेष अवसरहरुमा कार सोरुमहरुमा माग धेरै देखिन्छ । हतारोमा कयौं मानिसहरु गाडी खरीद गर्नुअघि त्यसको राम्रो चेकजाँच तथा निरीक्षण गर्नबाट चुक्छन् । तपाईले नयाँ कार लिनुुअघि यो बिषयमा विशेष ध्यान दिनुपर्छ । यसले तपाईले लिने गाडीमा रहेको कुनै पनि खराबीको बिषयमा पहिला नै जानकारी हुन्छ र तपाई ठगीनबाट बच्नुुहुन्छ । 

२.डिस्काउण्टको बिषयमा सोध्ने
कार डिलरहरुले विशेष समयमा नयाँ तथा पुराना मोडेलहरुमा छुटको स्किम दिइरहेका हुन्छन् । खासगरी वर्षको अन्तमा तथा आर्थिक वर्षको पहिलो क्वार्टरमा छुटको अफर बढी आउने गर्छ । यस्तो बेलामा कम्पनी तथा डिलरहरुले पुरानो हिसाबकिताब क्लियर गर्नुपर्ने हुन्छ । यस्तो बेलामा तपाईले कार खरीद गर्नुअघि छुटको बिषयमा अवश्यक कुरा गर्नुुहोस् । यसबाहेक भेइकल आइडेन्टीफिकेसन नम्बर पनि चेक गर्न नभूल्नुहोस् । किनभने यसमा कार उत्पादनको बर्ष(समय)को बिषयमा विस्तृत सूचना हुन्छ । 

३.पेपरवर्कमा ध्यान दिने
नयाँ कार तथा कुनै पनि गाडी खरीदको निर्णय निकै अहम हुन्छ । यस्तो बेलामा धेरै कुरामा चनाखो हुनुुपर्छ । तपाईले लिंदै गरेको कारसँग सम्बन्धित कागजात जस्तो भ्याट इनभ्वाइस, रजिष्ट्रेसन सर्टिफिकेट, वा अस्थायी नम्बर प्लेट लगायतका बिषयमा राम्रोसँग चेकजाँच गर्नुपर्छ । साथै, तपाईको नाम(धनीको नाम), इञ्जिन नम्बर, चेसिस नम्बर तथा भेइकल नम्बर समेत कागजमा प्रष्ट तथा सही लेखिएको छ कि छैन हेर्नुुपर्छ । यसबाहेक बिमाको प्रमाणपत्र वा कुनै कागजात, यूजर म्यानुुअल, ब्याट्री, कारको स्टेयरिङ तथा टायरको ओरिजिनल वारेन्टी कार्ड समेत डिलरसँग माग्न नभुल्नुुहोला । 

४.एसेसरिज पनि चेक गर्ने
आम रुपमा नयाँ कारको साथमा कयौं एसेसरिजहरु पनि आउँछन् । त्यस्ता एसेसरिज सबै ठीक अवस्थामा होला भनेर अनुमानको भरमा हुँदैन । तिनीहरु राम्रो अवस्थामा छ कि छैन हेर्नुपर्छ । म्युजिक सिस्टम एक महत्वपूर्ण एसेसरिजमा पर्छ । यसमा तपाईले यूएसबी डिभाइस, अक्स वायर, सिडी प्लेयर लगायतले राम्रोसँग काम गरेको छ कि छैन जाँच गर्नुपर्छ । यसबाहेक सेन्ट्रल लक, पार्किङ सेन्सर्स तथा क्यामेरा जस्ता विशेषताहरुको पनि राम्रो चेकजाँच गर्नुपर्छ । 

५.फ्री सामान
फ्री कार कभरको साथमा कयौं यस्ता चिज फ्रिमै आउँछन्, जसलाई तपाईले ध्यान दिनुपर्ने हुन्छ । तपाईले जहिल्यै पनि डिलरहरुलाई इञ्जिन आयल तथा कुलेन्ट लेभललाई देखाउन भन्नुहोस् र राम्रोसँग चेक गर्नुहोस् । यदि यस्तो लेभल कम छ भने तपाईको कार खराब हुनसक्छ । चक्काले पूर्ण रुपमा काम गरेको छ कि छैन त्यो पनि निश्चित गर्नुपर्छ । त्यस्तै, कारमा रहेको टूूल्स पनि जाँच गर्नुपर्छ । ब्याट्री पनि सही अवस्थामा छ कि छैन हेर्नुपर्छ । यस अलावा वारेन्टी कार्डको बिषयमा पनि कुरा गर्नुपर्छ । 

६.रकमको बिषयमा पनि बुुझ्ने
आफ्नो बिललाई तपाईले लिएको कार तथा त्यहाँ जडित सामानहरुसँग रुजुु गर्नुपर्छ । यस्तो बिलमा सधैं केही न केही इन्क्रीमेन्टल चार्ज पनि जोडिएको हुन्छ, जसले तपाईको मूड खराब गरिदिनसक्छ । यदि तपाईले पाएको बिल हेर्न जान्नुुभएन भने नजिकका जान्ने साथीभाईहरुको सहयोग पनि लिन सकिन्छ ।