काठमाण्डौ । सरकारले नेपाल राष्ट्रबैंकलाई रु १ र रु २ दरका नयाँ सिक्का निष्कासन गर्न स्वीकृति दिएको छ ।

सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले हालै नेपालले जारी गरेको नेपालको नयाँ नक्सा अंकित भएका रु. १ र रु २ का सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई स्वीकृति प्रदान गरेको जानकारी दिए ।