काठमाण्डौ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले आगामी साउन २७ गतेदेखि ६ लाख कित्ता हकप्रद सेयर निश्कासन गर्ने भएको छ । 

इच्छुक सेयरधनीले भदौ ३१ गतेभित्रमा आवेदन दिइसक्नुपर्नेछ । 

यो माइक्रोफाइनान्स कम्पनीले हाल कायम चुक्तापूँजीको २५० प्रतिशतको अनुपातमा हकप्रद सेयरको निश्कासन गर्न लागेको हो । 

हकप्रद सेयर प्रयोजनका लागि कम्पनीले साउन ७ गतेलाई बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ साउन ६ गते(हिजो)सम्म यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरु हकप्रद भर्न योग्य हुनेछन् । 

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमीटेड रहेको छ । 

हकप्रद सेयरको पूँजीकरणपछि यो कम्पनीको चुक्तापूँजी बढेर ८ करोड ४० लाखको उचाईमा पुग्नेछ ।