काठमाण्डौ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ का लागि लाभांश प्रस्ताव गरेको छ ।

संस्थाको आज बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई २१.०५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । संस्थाले चुक्तापुँजी ८ करोड ४० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १ करोड ६८ लाख मूल्यबराबरको बोनस सेयर र १.०५ प्रतिशतले हुन आउने ८ लाख ८४ हजार २१०.५३ रुपैयाँबराबरको नगद लाभांश (बोनस सेयर कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गर्दै सेयरधनीहरुलाई वितरण गर्ने संस्थाले जनाएको छ ।