काठमाण्डौ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले आगामी वार्षिक साधारणसभा प्रयोजनका लागि पुस ३ गतेदेखि पुस १९ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

संस्थाले आफ्नो वार्षिक साधारणसभा पुस १९ गते गर्दैछ । संस्थाद्वारा प्रस्तावित लाभांश र साधारणसभामा भाग लिन योग्य बन्न पुस २ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी संस्थाले प्रस्ताव गरेको २१.०५ प्रतिशत लाभांश अनुमोदन हुनेछ । प्रस्तावित लाभांशमा संस्थाको चुक्ता पुँजी ८ करोड ४० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १ करोड ६८ लाख रुपैयाँबराबरको बोनस सेयर र १.०५ प्रतिशतले हुन आउने ८ लाख ८४ हजार २१०.५३ रुपैयाँबराबरको नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) रहेको छ ।

संस्थाले अन्य लघुवित्त संस्थासँग गाभ्ने गाभिने वा प्राप्ति प्रक्रिया पूरा भएपछि हुन आउने चुक्ता पुँजीको सतप्रशित अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पारित गर्नेछ ।