काठमाण्डौ । अंग्रेजी नयाँ बर्षका दिनदेखि एक सातासम्म मोबाइल खरिद गर्नेलाई ताम्राकार कम्प्लेक्सले मोटरसाइकल उपहार प्रदान गर्ने भएको छ । 

‘ताम्राकारमा मोबाइल किनौं, मोटरसाइकल चढौं’ भन्ने नारासहित कम्प्लेक्सले यस्तो अफर ल्याएको हो । 

कम्प्लेक्सले एक साताको अवधिमा मोबाइल खरिद गर्नेहरुमध्येबाट लक्की ड्रमार्फत एकजनालाई सुजुकीको मोटरसाइकल बितरण गर्न लागेको हो ।

जनवरी १ तारिखबाट ७ तारिखसम्म मोबाइल खरिद गर्नेहरुमध्येबाट गोलाप्रथा गरी एकजनालाई सुजुकीको मोटरसाइकल प्रदान गरिने ताम्राकार कम्प्लेक्स मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउदले जानकारी दिए ।

दशैंतिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार योजनाअन्तर्गत पहिलो मोटरसाइकल ससेन्द्र बिक्रम चौधरीले पाएका थिए भने दोस्रो बम्पर उपहार बुद्धनगरका रमेश तण्डुकारले पाएका थिए। 

ताम्राकारकै बम्पर उपहार योजनाअन्तर्गतको ताम्राकारको दशैं तिहार उपहार योजनाअन्तर्गत ५०  जनाले मोबाइल, ६५ जनाले पावर बैंक र ५० भन्दा बढी ब्लुटुथ बितरण गरिएको ताम्राकार कम्प्लेक्स मोबाइल ब्यापार संघका अध्यक्ष साउदले जानकारी दिए ।