काठमाण्डौ । नेपालको चारपाङ्ग्रे सवारीको बजारको ठूलो हिस्सा ओगट्न सफल मारुती सुजुकीले आफ्नो पोर्टफोलियोमा मौजुदा कारहरुको नयाँ अवतार लगातार बजारमा उतारिरहेको छ । यो वर्षको फेब्रुअरीमा कम्पनीले नयाँ स्वीफ्टको लञ्च गरेको थियो, जसले दोश्रो पटक पनि उत्तिकै सफलता पायो । यसअघि कम्पनीको तर्फबाट नेक्स्ट जेनेरेसन डिजायरको लञ्च गरिएको थियो, जुन यो बेला सबैभन्दा बढी बिक्री हुने कार बन्न सफल भइसकेको छ । यसरी यदि तपाई पनि यही वर्ष कुनै नयाँ कार खरीद गर्ने सोंचमा हुनुहुन्छ भने मारुतीको तर्फबाट तपाईलाई केही विकल्पहरु प्राप्त हुँदैछन् । 

मारुती सुजुकी सियाज फेसलिफ्ट
मारुती सुजुकी इण्डियाले निकट भविष्यमै शियाजको अपडेटेड मोडल लञ्च गर्नेछ । सियाज फेसलिफ्टलाई कैयन स्टाइलिस अपडेट तथा विशेषताहरुको साथ बजारमा उतारिनेछ । कम्पनीले सियाजको हालको १.४ लिटर पेट्रोल इञ्जिनको ठाउँमा १.५ लिटर इञ्जिन लगाउन सक्नेछ, यो सबै नयाँ अर्टिगामा समेत लगाइएको छ । पेट्रोल तथा डिजेल दुवैलाई एसएचभीएस माइक्रो हाइब्रिड सिस्टममा रुपान्तरण गरिनेछ । यो कार आगामी अगस्टसम्ममा लञ्च हुनसक्ने कम्पनीस्थित स्रोतलाई उद्धृत गर्दै भारतीय मिडियाहरुले जनाएका छन् । सियाजको खास टक्कर टोयोटाको यारिस तथा हुण्डाईको भरनासँग हुने बताइन्छ । 

नयाँ सियाजमा केही चौडा ग्रीलको साथमा अगाडिको लुक्सलाई नयाँ ढंगले तयार गरिनेछ । सियाजको हेडलाइट्समा एलइडीलाई समावेश गरी डेटाइम रनिङ युनिट्स र एलइडी टेल ल्याम्प दिइनेछ । यसबाहेक यसमा नयाँ चक्का समेत हालिनेछ । 

नयाँ सियाजको इन्टेरियर लुक्सलाई समेत विशेष ढंगले तयार गरिनेछ । नयाँ इन्स्टूमेन्ट क्लस्टर, क्रूज कन्ट्रोल तथा सनरुफ समेत लगाइनेछ । सात इञ्चको इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता फिचर समेत थपिनेछ ।

मारुती अर्टिगा


मारुतले नयाँ अर्टिगालाई इण्डोनेशिया इन्टरनेशनल मोटर शो–२०१८ मा विश्वसामु डेब्यू गराएको थियो । पुरानो जेनेरेसनको तुलनामा नयाँ मारुती अर्टिगालाई नयाँ डिजाइन समेत दिइएको छ । यसबाहेक यसको साइज बढाइएको छ भने अझ बढी शक्तिशाली बनाइएको छ । नयाँ अर्टिगा सुजुकीको हियरटेक्ट प्लेटफर्ममा बनाइएको हो, जहाँ मारुतीको नयाँ जेनेरेसनवाला कारहरु जस्तै, स्वीफ्ट, डिजायर, बलेनो तथा इग्निसमा देखाइसकिएको छ । 

यदि यसको लुक्सको बिषयमा कुरा गर्ने हो भने नयाँ जेनेरेसनको मारुती सुजुकी अर्टिगामा नयाँ हेक्सागन ग्रिलमा क्रोमको लुक्स दिनुको साथै एञ्जुलर हेडल्याम्पको साथमा प्रोजेक्टर लेन्स समेत दिइएको छ । फ्रन्ट बम्पर पनि नयाँ छ भने सी आकारको फग ल्याम्प समेत जडान गरिएको छ । यस्तै, नयाँ बनावट पनि निकै मजुबत बनेको दाबी गरिएको छ । 

यतिमात्र होइन, लाइसेन्स प्लेटमा समेत क्रोमको प्रयोग गरिएको छ । साथै, रियर बम्परको डिजाइनमा समेत केही परिवर्तन गरी पातलो बनाइएको छ । यसको मजबुत लुक्स यसमा जडित विशेष खालको चक्काले समेत दिने बताइन्छ । 

नयाँ आर्टिगामा नयाँ १.५ लिटरको पेटोल इञ्जिन रहेको छ, जुन अधिकतम १०४ एचपी पावर तथा १३८ एनएम पीक टर्कलाई उत्पादन गर्न सक्षम छ । साथै यसमा फाइभ स्पीड म्यानुअल ट्रान्समिसन तथा फोर स्पीड टर्क कन्भर्टर अटोमेटिक गियरबक्स रहेको छ । हालको मोडलमा १.४ लिटरको इञ्जिन मात्र लगाइएको छ । 

मारुती वेगनआर


मारुती सुजुकीले हाल बजारमा रहेको मारुती वेगनआरको साटो नयाँ र परिस्कृत मोडल लञ्च गर्ने संभावना प्रवल रहेको मिडिया रिपोर्टमा उल्लेख छ । नयाँ वेगनआरमा धेरै विशेषता, बिएस सिक्स इञ्जिन नम्र्स र अझ राम्रो क्र्यास सिएफ्टी टेस्टको साथमा आउनेछ । यो कारलाई समेत नयाँ हेडलाइट र ग्रिलको साथमा बजारमा उतारिनेछ र एक आकर्षक लुक्स दिइनेछ । साथै, यो कारको फग ल्याम्प समेत परिवर्तन गरिनेछ ।