काठमाण्डौ । सरकारले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तित्वहरुसहितको नयाँ सरकारी मर्यादाक्रम सार्वजनिक गरेको छ ।
 
नयाँ मर्यादा क्रममा यसअघि विवादमा परेका विषयलाई सम्बोधन गर्न खोजिएको छ । 
 
विशेष गरी विभिन्न तहका जनप्रतिनिधिलाई कर्मचारी भन्दा माथि राखिएको छ । जनप्रतिनिधिले यसअघिको मर्यादाक्रममा आफूहरुमाथि विभेद भएको भन्दै आपत्ति जनाएका थिए । 
 
मन्त्रिपरिषद्को बैठकले मर्यादाक्रमको टुंगो लगाएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिएका छन् । 
 
संसोधित मर्यादाक्रमको पहिलो नम्बरमा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री रहेका छन् । चौथो मर्यादाक्रममा प्रतिनिधिसभामा सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रधानन्यायाधीश रहनेछन् । 
 
पाँचौमा पूर्व राष्ट्रपति, उपप्रधानमन्त्री, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री र क्याबिनेटका पूर्व अध्यक्ष रहेका छन् ।
 
संघीय सरकारका मन्त्री र प्रदेशका मुख्य मन्त्री ७ औं मर्यादाक्रममा परेका छन् । 
 
यस्तै प्रदेश सरकारका मुख्यमन्त्री र केन्द्र सरकारका मन्त्रीको समान सातौ मर्यादा कायम गरिएको छ ।
 
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष ८ औं नम्बरको मर्यादाक्रममा छन् भने ११ औं नम्बरमा नेपाल राष्ट्रबैंकका गभर्नर परेका छन् ।
 
सार्वजनिक संस्थानका प्रमुखको मर्यादा क्रम १६ नम्बरमा परेको छ ।
 
मर्यादाक्रमको अन्तिम अर्थात २१ औं वरियतामा प्रदेश सरकार तथा स्थानीय तहका राजपपतांकित तृतीय श्रेणी वा सोसरहका अधिकृत र सहायक सेनानी रहनेछन् ।
 
सरकारबाट सार्वजनिक सूचि हेर्नुहोस्: