काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले आफ्ना ग्राहकहरुलाई लक्षित गरी २०७६ बैशाख १ गते देखि लागू हुने गरी तीन नयाँ आकर्षक योजना ल्याएको छ ।

बैंकले भिजा डेबिट कार्ड र मोवाईल बैंकिङ्ग सेवामा सुविधा थप गरेको छ । भिजा डेबिट कार्ड अन्तर्गत बैंकले आफ्नो शाखाशाट इन्स्टेन्ट भिजा डेबिट कार्ड सेवासुविधा सुरु गरेको छ । यस सुविधाअन्तर्गत ग्राहकले भिजा डेबिट कार्डको निवेदन फाराम बुझाएको दिनमै ग्राहकहरुले तुरुन्तै भिजा डेबिट कार्ड लिन पाउने छन् । 

त्यसैगरी मुक्तिनाथ भिजा डेबिट कार्डबाहक ग्राहकहरुले नेपालको जुनसुकै बैंकका एटीएमबाट बिना कुनै अतिरिक्त शुल्कमा रकम झिक्न मिल्ने सुविधा पनि बैंकले थप गरेको छ । 

साथै मुक्तिनाथ स्मार्ट  बैंकिङ्ग एपबाट नेपाल टेलिकमको नम्बरमा रिचार्ज गर्दा १० प्रतिशत तथा एनसेलमा रिचार्ज गर्दा ५ प्रतिशतसम्मको टपअप बोनस सुविधा सञ्चालन गरेको छ । 

हाल बैंकले ११४ वटा शाखा तथा २२ वटा ए.टि.ए.मबाट करिब छलाख ग्राहकलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।