काठमाण्डौ । नयाँ वर्षको सुरुवातदेखि नै बजारमा वाणिज्य बैंकहरुको सेयर चम्किएका छन् । लगानीकर्ताहरु बिग मर्जरको मसलेदार खबरबाट मात्र प्रभावित छैनन्, मोटो लाभांश पाउने आशामा समेत दोश्रो बजारबाट वाणिज्य बैंकको सेयर उठाइरहेका छन् । 

यो क्रममा धेरै बैंकका लगानीकर्ताले निकै छोटो अवधिमै राम्रो रिटर्न पाइसकेका छन् । 

बुधबार समेत बैंकिंग समूह नै चम्किँदा वाणिज्य बैंकहरुको आकर्षण थप प्रमाणित भयो । 

नेप्सेमा वाणिज्य बैंकहरुको बोलवाला रहेकोले यो समूहको सूचक चम्किएपछि समग्र बजार माथि उठ्ने गरेको छ । 

२०७५ को अन्तिम कारोबार दिन १०५२.१२ मा रहेको बैंकिंग इण्डेक्स बुधबार बजार बन्द हुँदासम्म ११८७.५९ विन्दूमा पुगिसकेको छ । यसको अर्थ नयाँ वर्षको केही दिनमा बैंकिङ समूहको इण्डेक्समा १२.८७ प्रतिशत वृद्धि भइसकेको छ । 

नयाँ वर्षमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंक र ग्लोबल आइएमई बैंकले राम्रो प्रदर्शन गरेका छन् । स्ट्याण्डर्ड चार्टर्डको मूल्य नयाँ वर्षमा मात्रै २४.८१ प्रतिशतले बढेको छ । यस्तै, एसबीआईका लगानीकर्ताले २२.९९ प्रतिशतले सम्पत्ति बढाएका छन् भने ग्लोबल आइएमई बैंकका लगानीकर्ताले छोटो समयमै १८.०८ प्रतिशतको रिटर्न पाएका छन् । यो अवधिमा नवील बैंकको मूल्य १७.६९ प्रतिशतले तथा प्रभू बैंकको मूल्य १५.९३ प्रतिशतले बढेको छ । 

यो अविधमा कुमारी बैंकका लगानीकर्ताले धेरै गुमाए । यो बैंकको सेयरमूल्य १०.३ प्रतिशतले घट्यो । तर, यो बैंकको मूल्य समायोजनका कारण यस्तो भएको हो । सिभिल बैंकको मूल्य समेत ०.६१ प्रतिशतले घट्यो । बाँकी सबै बैंकको सेयर मूल्य बढेको देखिएको छ । 

नयाँ वर्षमा कुन वाणिज्य बैंकका लगानीकर्ताले कति कमाए ? हेर्नुहोस् टेबल: