काठमाण्डौ । हाल काठमाण्डौमा संचालन भइरहेका मलहरुको तुलनामा अझ थप सुविधा तथा पूर्वाधार सहित नयाँ बानेश्वरमा ५० भन्दा बढि बिभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका पसलहरु, सुपर स्टोर, अत्याधुनिक  सुविधायुक्त २ वटा सिनेमा, स्वादिला र स्वच्छ  खानाहरुको “फुडकोर्ट सहितको आइप्लेक्स मल संचालनमा आउने भएको छ । 

युवा, जवानलाई मनोरञ्जन प्रदान गर्ने “ईभेन्टजोन”, कफि बार सहितको अत्याधुनिक मल अबको एक महिनाभित्रमै संचालनमा आउने भएको हो । 

बिशेष गरी काठमाण्डौवासीहरुको रहनसहन र जीवनशैलीमा आउन थालेको आधुनिक परिवर्तनका कारण सहज किनमेल गर्न सकिने यस्ता ब्यापारिक मलहरु संचालनको क्रम दिनप्रतिदिन बढिरहेको छ। 

मनोरञ्जन, खानादेखि दैनिक आवश्यकताका सामाग्री सजिलै किनमेल गर्न सकिने भएकाले जति मलहरु बृद्धि हुदै जान्छन, उति नै सर्वसाधारण उपभोक्ताहरु यसबाट लाभान्वित हुने गरेकाछन् ।

साथै व्यवसायिक कारोबारमा आउने अभिबृद्धिले देश विकासमा समेत उल्लेख्य योगदान पुगिरहेको मल व्यवस्थापनले जनाएको छ।