काठमाण्डौ । सेयरबजारमा आजको दिनलाई निक्कै बहुप्रतिक्षित मानिएको छ। कारण आज प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीहरूलाई बिदाइ गर्दै नयाँ मन्त्री घोषणा गर्ने ठूलो कौतुहुलताकै कारण धितोपत्र दोस्रो बजारका लगानीकर्ताहरु सेयर किन्ने कि बेच्ने भन्ने अलमलमा परेको देखिन्छ ।

आज दिउँसो २ बजेभित्र घोषणा हुने भनिएको नयाँ मन्त्रीमण्डलमा वर्तमान अर्थमन्त्री खतिवडाले नै निरन्तरता पाउँछन् कि नयाँ अर्थमन्त्रीको आगमन हुने हो भन्ने बजारमा आम लगानीकर्ताहरुको निक्कै चासोको विषय बनेको पाइएको छ । पूँजीबजारप्रति अनुदार भन्ने आरोप खेपिरहेका खतिवडाको बहिर्गमन भए बजार १-२ सय अंक माथि जाने जानकारहरु बताउँछन् ।

अहिले बजारको गति हेर्दा नेप्से इन्डेक्स उकालो लागिरहेको र बिस्तारै बिक्री गर्ने लगानीकर्ताहरु समेत कम भइरहेको पुतलीसडकस्थित एक ब्रोकरले बताएका छन् ।

सेयर बजार लगानीकर्ताहरुको सेन्टिमेन्टले पनि ठूलो अर्थ राख्दै आएको बताइन्छ । अर्थमन्त्री खतिवडाले निरन्तरता पाउने हुन् वा बहिर्गमन त्यसका लागि भने केहीबेर धैर्यताका साथ सरकारी निर्णय कुर्नुपर्ने हुन्छ ।