नयाँदिल्ली । मोदी सरकारले भारु ५ सय र एकहजारको नोटमाथि लगाएको प्रतिबन्धपछि भारतको पर्यटन उद्योग धरासायी भएको छ । यहीकारण, आगामी अंग्रेजी नयाँ वर्षमा तपाईंले भारत घुम्ने योजना बनाइरहनुुभएको छ भने तपाईको टाभल बजेट निकै कम हुनेछ । कारण, यो पटकको नयाँ वर्षको टूर प्याकेज २५ देखि ३० प्रतिशतसम्म सस्तो हुने भएको छ । भारतको टुुरिजम उद्योगका अधिकारीहरुका अनुसार नोटमाथिको प्रतिबन्धपछि नयाँ वर्षका लागि गरिएको प्रिबुकिंगमध्ये ३० प्रतिशत रद्ध गरिएको छ, यो कारण होटलहरुले आफ्नो रुम रेट तथा टाभल एजेन्सीहरुले टूर प्याकेजको दर समेत घटाएका छन् । 

भारतको टाभल एजेन्ट कम्पनी स्टिक ग्रुपका अध्यक्ष सुवास गोयललाई उद्धृत गर्दै केही भारतीय मिडियाले लेखे अनुसार नोटबन्दीका कारण बुकिंगमा ४० प्रतिशतसम्म गिरावट देखिएको छ । टाभल एजेन्टको मात्र ३० प्रतिशत बढी बुकिंग क्यान्सिल भएको छ । गोयलका अनुसार मागको तुलनामा आपूर्ति ज्यादा भएका कारण होटलहरुले आफ्नो दररेटमा ३५ प्रतिशतसम्म कटौति गरिसकेका छन् । पाँचतारे होटलदेखि सामान्य होटलसम्मले पनि रुम रेटमा भारी कटौति गरेका छन् । 

प्याकेज रेट पनि घट्यो
टाभल एजेन्ट एशोसिएसन, एशोसिएसन अफ डोमेस्टिक टूर अपरेटर अफ इण्डियाका सभापति सुुवास बर्माका अनुसार बुकिंग क्यान्सिल भएका कारण टाभल एजेन्टहरुले टूर प्याकेज पनि २० देखि २५ प्रतिशतले घटाएका छन् । 

हवाई भाडा १५ प्रतिशत कम
गत वर्षको तुलनामा भारतको हवाई भाडा १५ प्रतिशतले कम भइसकेको छ । नयाँ वर्ष तथा क्रिस्टमसका लागि उदयपुर, गोवा, केरला लगायतका गन्तव्यमा पुुग्ने हवाई भाडामा १० देखि १५ प्रतिशतसम्म कटौति गरिएको छ । एयरलाइन्स कम्पनीहरुले समेत सस्तो हवाई टिकट बुक गराउनका लागि निकै धेरै अफरहरु दिइरहेका छन् ।

जाडोमा यी गन्तव्य घुुम्नु ठीक
भारत घुम्ने योजनामा हुनुहुन्छ भने जाडोयाममा कुन कुुन गन्तव्य ठीक होला भन्ने बिषयमा बुुझ्न जरुरी हुन्छ । जाडोयाममा अण्डमान, राजस्थानको उदयपुर, जोधपुर, पुुष्कर, जयपुर, केरलाको मुन्नर तथा गोवा घुम्नका लागि उत्कृष्ट गन्तव्य हुन् । यी ठाउँमा पुुग्ने हवाई भाडा १५ प्रतिशतसम्म सस्तो भएको छ भने माग धेरै नहुँदा यी ठाउँका होटलको रुम रेट पनि ४० प्रतिशतसम्म घटेको छ । 

तर यस्तो अप्ठ्यारो पनि छ
इन्टरनेशनल टूर प्याकेजका लागि भारतमा केही अप्ठ्यारो पनि छ । भारतमा नोटबन्दीपछि डलर निकै चलनचल्तीमा आएको र त्यहाँ घुुम्न जाँदा डलर लिएर जानुपर्ने हुन्छ । भारतमै गएर डलर किन्छु भन्दा पनि पाइन्छ, तर नोटबन्दीको प्रभावले घुुम्न जानेले भारतमै गएर डलर खरीद गर्दा प्रति डलर ५ देखि १० भारुसम्म कमिसन दिनुपर्ने हुन्छ । यो बाध्यताका कारण नयाँ वर्षमा भारतको इन्टरनेशनल बुकिंगमा समेत भारी गिरावट आउने संभावना देखिएको छ ।