काठमाण्डौ । गत वर्ष भारतीय अटोमोबाइल इन्डस्ट्रीमा सुस्तता देखियो । यसका बाबजुद पनि भारतीय बजारमा थुप्रै नयाँ कार लन्च गरियो ।

सन् २०२० मा थुप्रै कम्पनीले ठूलो संख्यामा नयाँ कार बजारमा ल्याउने तयारी गरिरहेका छन् । यसमा नयाँ मोडल, मौजुदा कारको न्यु जेनरेसन मोडल र फेसलिफ्ट मोडल समावेश छन् । यहाँ हामी भारतीय बजारमा यो वर्ष लन्च हुन गरिरहेको टप ५ फेसलिफ्ट (अपडेटेड मोडल) काका बारेमा चर्चा गर्न गरिरहेका छौँ ।

टाटा नेक्सन फेसलिफ्ट

टाटा मोटर्स आफ्नो यो पपुलर एसयूबीलाई नयाँ अवतारमा ल्याउने तरखरमा छ । नेक्सन फेसलिफ्टलाई थुप्रैपटक टेस्टिङका क्रममा देखाइएको छ । मौजुदा मोडलको मुकाबिलामा नेक्सन फेसलिफ्टको डिजाइन अगाडिबाट भिन्न स्क्वायर लुकको छ । अपडेटेड बम्पर, हेडल्याम्प, ग्रिल र नयाँ बोनटसमेत एसयूबीको लुकमा केही बदलाव देखिन सकिन्छ । 

नेक्सन फेस लिफ्टमा बीएस ६ कम्प्लायन्ट १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर टर्बो डिजल इन्जिनमा पाइनेछ । यसमा ६ स्पिड म्युअल र ६ स्पिट एएमटी गियरबक्सको अप्सन पनि रहेको छ । 

मारुती ब्रेजा फेसलिफ्ट

मारुती बे्रजाको फेसलिफ्ट मोडल यो वर्ष लन्च हुने बहुप्रतिक्षित करहरुमध्ये एक हो । ब्रेजा फेसलिफ्ट आउँदा फेब्रुअरीमा हुने अटो एक्सपोमा लन्च हुने अनुमान गरिएको छ ।

यसको डिजाइनमा केही महत्वपूर्ण बदलाव देख्न पाइनेछ । साथमा क्रुज कन्ट्रोल र सनरुफजस्ता हाई एन्ड फिचर्सका साथ एसयूबीको क्याबिन पनि अपग्रेडेड हुनेछ । ब्रेजा फेसलिफ्ट १.५ लिटरको पेट्रोल इन्जिनमा आउनेछ । जब कि यो अहिले डिजेल इन्जिनमा मात्र उपलब्ध छ ।

टाटा टियागो फेसलिफ्ट

टाटा मोटर्स अफ्नो एन्ट्री लेबल कार टियागोको फेसलिफ्ट मोडल ल्याउने तरखरमा छ । अपडेटेड टियागोको डिजाइनमा केही ठूला परिवर्तन देख्न पाइनेछ । यसको फ्रन्ट लुक शार्प र केही हदसम्म टाटाको आउन लागेको प्रिमियम ह्याचब्याक अल्ट्राजजस्तो हुनेछ । कारको क्याबिनलाई फ्रेस लुक दिनका लागि कम्पनीले यसमा नयाँ सिट अपहोल्स्ट्री फ्याब्रिकसमेत केही हल्का बदलाव गर्न सक्नेछ । दियागोको अपडेटेड मोडलमा बीएस ६ कम्प्लायन्ट १.२ लिटर पेट्रोल इन्जिन हुनेछ । यसका साथै ५ स्पिड म्यानुअल र ५ स्पिठ एएमटी गियरबक्सको विकल्प पनि दिइनेछ । 

महिन्द्रा बोलेरो फेसलिफ्ट

बोलेरो महिन्द्राको जबरजस्त पपुलर युटिलिटी भेइकल हो । ग्रामी इलाकामा यो निकै मन पराइएको छ । कम्पनीले यसको फेसलिफ्ट मोडल ल्याउने योजनामा छ । अपडेटेड बोलेरोको डिजाइमा हल्का बदलाव गरिनुका साथै यसमा अपग्रेडेड इन्टिरियर र बीएस ६ कम्प्लायन्ट डिजल इन्जिन हुनेछ । बोलेरो फेसलिफ्ट आगामी अप्रिलभन्दा अगाडि नै लन्च हुने अनुमान गरिएको छ ।

महिन्द्रा टीयूभी ३०० फेसलिफ्ट

महिन्द्रा आफ्नो यो कम्प्याक्ट एसयूबी फेसलिफ्ट मोडलको टेस्टिङ गरिरहेको छ । टीयूभी ३०० को फेसलिफ्ट मोडलमा नयाँ ग्रिल, नयाँ हेडल्याम्प र रिभाइज्ड बम्परसमेत अपडेटेड फ्रन्ट लुक पाइनेछ । नयाँ टेलल्याम्प युनिटका साथ एसयूभीको पछाडिपट्टि पनि केही बदलाव हुनेछ । टीयूभी ३०० को फेसलिफ्ट मोडलमा बीएस ६ कम्प्लायन्ट १.५ लिटर डिजेल इन्जिन पाइनेछ । – एजेन्सी