काठमाण्डौ । नेपाल राष्ट्रबैंकले २०७७ सालको बैंकिङ विदाको क्यालेण्डर सार्वजनिक गरेको छ । 

राष्ट्रबैंकको जनशक्ति व्यवस्थापन विभागले बैंक विदाको सूचि सार्वजनिक गरेको हो । 

विभागले २१ बुँदामा विदाको सूचि सार्वजनिक गरेको हो । 

नयाँ वर्षको दिन अर्थात बैशाख १ गतेबाट बैंक विदाको सुरुवात हुनेछ । 

विश्व मजदूर दिवस, बुद्ध जयन्ती, भोटोजात्रा, गाइजात्रा, हरितालिका तिज(महिला कर्मचारीलाई मात्र), इन्द्रजात्रा(काठमाण्डौ उपत्यकालाई मात्र), जितिया पर्व, संविधान दिवस लगायतमा बैंक विदा हुने बताइएको छ । 

दशैंमा फूलपातीदेखि एकादशीको दिनसम्म ५ दिन बैंक विदा हुने बताइएको छ । 

तिहारमा भने लक्ष्मीपूजादेखि भाइटीकासम्म ३ दिन विदा हुने राष्ट्रबैंकको सूचनामा उल्लेख छ । 

फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती, अन्तराष्ट्रिय अपांगता दिवस, अन्तराष्ट्रिय महिला दिवस, महाशिवरात्रि, फागू पूर्णिमा, घोडेजात्रा लगायतका दिन पनि विदा हुनेछ । 

सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्रै १२ खालका विदा दिइने सूचिमा उल्लेख छ । 

बैंक विदाको पूरा सूचि हेर्नुहोस्: