काठमाण्डौ । जब तपाईको अफिसमा कोही व्यक्ति तपाईको नयाँ हाकिम बनेर आयो भने उसको सामु तपाई आफ्नो राम्रो छवि बनाउन चाहनुुहुन्छ । तपाईको निकटमत प्रतिदन्दी तथा अन्य कर्मचारी पनि हाकिमसँगै यस्तै सम्बन्ध बनाउन चाहन्छन् । अर्कोतर्फ, नयाँ हाकिम बनेर आउने व्यक्ति समेत आफ्ना कर्मचारीको नजरमा आफ्नो राम्रो छवि बनाउन चाहन्छ । त्यसो भए दुवैतर्फले के गर्दा यस्तो छवि बन्ला ? अथवा, नयाँ हाकिम र कर्मचारीबीच के गर्दा राम्रो तालमेल होला ? आउनुहोस् पढौं केही टिप्स :

बुुझ्नलाई समय दिने
हरेक व्यक्तिको काम गर्ने आफ्नो शैली र छुट्टै तरिका हुन्छ । यसकारण, तपाईले आफ्नो नयाँ हाकिमलाई पर्याप्त समय दिनुपर्छ । यसले उसले तपाईलाई बुुझ्नसक्छ भने तपाईले समेत आफ्नो हाकिमको काम गर्ने तरिका बुुझ्नुुहुनेछ । 

पहिलाबाट नै तयारी गर्ने
तपाईले पहिलादेखि नै आफ्नो नयाँ बोसको बारेमा सूचनाहरु जुटाउन सक्नुुहुन्छ । उसको इतिहास, काम गर्ने तरिका, स्वभाव लगायतको बिषयमा विभिन्न स्रोतबाट जानकारी लिन सक्नुुहुन्छ । विशेष गरी नयाँ हाकिमको करिअर प्रोफाइलमा तपाई विशेष ध्यान दिनुपर्छ । 

कुराकानीमा स्पष्ट हुने
नयाँ हाकिमसँग कुनै पनि बिषयमा कुरा गर्दा आधा मात्र कुरा गर्ने, अस्पष्ट कुरा गर्ने, डराउने, धक मान्ने काम गर्नुहुँदैन । बरु कुराकानीमा सधैं स्पष्ट बन्ने कोशिश गर्नुहोस् । यसबाट तपाईको नयाँ हाकिमलाई तपाई कार्यरत कम्पनीको समीकरणको बिषयमा बुुझ्न समेत सहज हुुनेछ । 

हाकिमको भरोसा बन्ने
आफ्नो विचारलाई सेयर गरेर आफ्नो हाकिमलाई दह्रो भरोसा दिलाउन सक्नुुपर्छ । नयाँ हाकिमलाई आगामी दिनमा आउने कुनै पनि परिस्थितिको सामना गर्न आफू हर तरहले तयार रहेको आभास दिलाउनुुहोस् । तपाईको यो दृढताले नयाँ हाकिमले तपाईप्रति भरोसा गर्नेछन् । यसले तपाई दुुईको सम्बन्ध प्रगाढ बन्नेछ ।