नयाँदिल्ली । दिल्लीका तीन डाक्टरमा कोरोना भाइरस पाएपछि अब चन्डीगढका एक डाक्टर र पञ्चकूूलाकी एक नर्समा पनि कोभिड १९को संंक्रमण भएको छ । 

चण्डीगढमा मंगलबार यी दुुवै शंकास्पद बिरामीका नमूूना पोजिटिभ पाइसकेपछि र एक बिरामीको मृृत्युु भएपछि पीजीआई र जीएमसीएच मेडिकल कलेज चण्डीगढका दर्जन बढी डाक्टर र ४५ नर्सलाई क्वारेन्टाइनमा पठाइएको छ ।

जुुन मानिसहरुलाई क्वारेन्टाइनमा पठाइएको हो उनीहरुमा पीजीआइका ५ डाक्टर, २२ नर्सिङ कर्मचारी, ५ सफाइ कर्मचारी र ४ हस्पिटल परिचर सामेल थिए । बाँकी ५ डाक्टर, दुुई मेडिकल अधिकारी र एक रेडियोग्राफर सेक्टर १६ का मेडिकल कलेजमै कार्यरत थिए । उनीहरुलाई क्वारेन्टाइनका लागि पठाइसकिएको छ ।

ती ३२ वर्षीया नर्सले एक बिरामीको मोवाइल भूलेर छुन पुगेकी थिइन । संक्रमणको कारण त्यही एउटा भूल बनिदियो । 

नर्सलाई त्यहीको आइसोलेशन वार्डमा भर्ना गरिएको छ, जहाँ ती संक्रमित महिला पनि छिन् । 

अब नर्सका परिवारका ४ सदस्य र जुुन घरमा उनी रहेकी थिइन्, त्यस घरका मालिक र उनकी पत्नीलाई पनि क्वारेन्टाइनमा पठाइसकिएको छ ।

मोबाइल फोन छुुँदा संक्रमित भएकी नर्सका बारे डाक्टर जसजीत कौरले भने कि डाक्टर र नर्स नोभेल कोरोना भाइरसको संक्रमणको खतरा झेलिरहेका छन् । यो घटनापछि अब डाक्टरलाई बिरामीसँग दूूरी बनाइ राख्नका लागि सल्लाह दिईएको छ ।