काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले नवलपरासीमा रहेको सुस्ता गाउँपालिका वडानम्बर १ स्थित बरुवामा शाखा स्थापना गरी संचालनमा ल्याएको छ। 

भदौ २२ गते एक समारोहका बीच बैंकले आफ्नो ९९ औं शाखा कार्यालय सो ठाउँमा स्थापना गरी औपचारिक रुपमा कारोबार थालेको हो । 

कारोबार शुभारम्भ समारोहमा सुस्ता गाउँपालिकाका उपाध्यक्ष इन्द्रकुमारी थरुनी, वडाध्यक्ष अशोककुमार चौधरी, बैंकका नायब महाप्रबन्धक हरिप्रसाद लम्साललगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो । य

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीयकार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा९९ वटा शाखा तथा ४५ वटा एटीएमको सञ्जाल रहेको छ ।