काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चुक्तापूँजीको २५ प्रतिशत अनिवार्य रुपमा ऋणपत्र जारी गर्ने प्रावधान राखिदिएपछि वाणिज्य बैंकहरुले धमाधम ऋणपत्र निश्कासन गरिरहेका छन् । 

यही क्रममा निजी क्षेत्रको बलियो बैंक, नवील बैंकलाई समेत धितोपत्र बोर्डले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासनको स्वीकृति दिएको छ । 

यो बैंकले '१०% नवील बैंक डिवेञ्चर-२०८२' निश्कासन गर्न लागेको हो । नवीलले १००० रुपैयाँ दरका २० लाख इकाई ऋणपत्र निश्कासन गर्नेछ  ।

कुल निश्कासन हुने युनिटमध्ये ८ लाख सर्वसाधारणमार्फत र बाँकी १२ लाख कित्ता प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री गरिनेछ । 

ऋणपत्रमा लगानी गर्नेले वार्षिक १० प्रतिशतको दरले ब्याज पाउनेछन् । ब्याजको भुक्तानी प्रत्येक ६ महिनामा हुनेछ । 

सात वर्षे अवधिको ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमीटेड रहेको छ । 

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले नवील बैंकले जारी गर्न चाहेको ऋणपत्रलाई लगानी जोखिम नरहेको इक्रा एनपी एलएएको रेटिङ प्रदान गरेको छ । यस्ता कम्पनीको ऋणपत्रमा लगानी गर्दा जोखिम हुँदैन ।