काठमाण्डौ । प्रणालीमा तरलता थुप्रिएर निक्षेपको ब्याज धमाधम घटाइरहेका बैंकहरुले ब्याजदर घटाउँदै ऋणका नयाँ प्रडक्टहरु समेत लञ्च गर्न थालेका छन् । यो क्रममा केही दिनअघि निक्षेपको ब्याजदर घटाएको नवील बैंकले थोरै ब्याजदरमै लिन सकिने लोनका ४ प्रडक्ट समेत लञ्च गरेको छ ।

नबील बैंकले आफ्नो ३६ ‌औं वार्षिकोत्सवको अवसर पारेर घर, धितो, व्याक्तिगत ओभरड्राफ्ट र साना तथा मझौला कर्जाका नयाँ योजना सार्वजनिक गरेको हो । 

योजनाअन्तर्गत बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला ब्यवसाय कर्जामा विशेष ब्याज छुट दिने अफर सार्वजनिक गरेको छ । 

बैंकले ७.९९ प्रतिशतमा घर, साना तथा मझौला कर्जा  र ८.४९ प्रतिशतमा  धितो कर्जा तथा व्यक्तिगत ओभरड्राफ्ट दिने प्रष्ट पारेको छ । 

बैंकले यो योजना सीमित समयका लागि मात्र ल्याएको समेत जानकारी दिएको छ। बैंकले यो योजना सबै शाखाबाट अगाडि बढाउन सकिने समेत जानकारी दिएको छ।

यस योजनाबाट रिटेल र साना तथा मझौला ब्यवसायका ग्राहकलाई राहात पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

सन् १९८४ देखि ग्राहकलाई सेवा प्रदान दिंदै आएको नबिल बैंकका ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढी रेमिट एजेन्टहरु छन्।