काठमाण्डौ । कोभिड १९ का कारण लगानीका क्षेत्र खुम्चिँदै गइरहेको बेला वित्तीय बजारमा लगानीकर्तालाई आकर्षित गर्ने उद्देश्यले नवील इन्भेष्टमेन्ट बैंकिंग लिमीटेडले डिम्याट खाता खोल्दा ५ वटा सुविधा निःशुल्क पाइने सेवा सुरु गरेको छ । 

कम्पनीले आफ्नो यो अफरलाई पञ्चगुणी डिम्साट सेवा नाम दिएको छ । साउन १(आज)देखि लागू हुने गरी डिम्याट खाता खोल्दा कम्पनीले दिंदै आएको वित्तीय बजारसँग सम्बन्धित ५ वटा सेवाहरुमा लाग्ने शुल्क तथा दस्तुरहरुमा एकपटकका लागि पूर्ण रुपमा छुटको अफर सार्वजनिक गरेको हो । 

कम्पनीका अनुसार यसअन्तर्गत डिम्याट अकाउण्ट, इक्वीटी रिसर्च रिपोर्ट, मेरो सेयर, पोर्टफोलियो म्यानेजमेन्ट एण्ड इन्भेष्टमेन्ट अड्भाइस र टोटल फाइनान्सियल एड्भाइजरी एट बिजिनेश क्लिनिक जस्ता ५ सेवा निःशुल्क उपलब्ध हुनेछ । यो योजना साउन मसान्तसम्म मात्रै रहने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।