काठमाण्डौ । नागबेली लघुवित्त विकास बैंक लिमीटेडले बोनस सेयरपछि सेयरधनीलाई १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ । 

यो लघुवित्त बैंकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट आफ्ना सेयरधनीलाई ४५.६ प्रतिशत बोनस सेयर वितरणका लागि गरेको प्रस्ताव नेपाल राष्टबैंकले स्वीकृत गरिसकेको छ । 

बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने संचालक समितिको कात्तिक २२ गते बसेको बैठकले निर्णय गरेको हो । 

प्रस्तावित बोनस सेयर र त्यसपछि दिने भनिएको हकप्रदको बिषय विशेष प्रस्तावको रुपमा कम्पनीको आगामी आठौं वार्षिक साधारणसभामा पेश हुने बताइएको छ । 

यसअघि नागबेलीको गत वर्षको सातौं साधारणसभाबाट १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने निर्णय भए पनि विविध कारणले सो हकप्रद निश्कासन गर्न नसकिएको समेत बैंकले स्पष्ट पारेको छ ।