काठमाण्डौ । नागबेली लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई बम्पर लाभांश वितरणको घोषणा गरेको छ । 

यो कम्पनीको भदौ १ गते दिउँसो बसेको संचालक समितिको २६५ औं बैठकले आर्थिक वर्ष २०७५/७६ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक १.३६८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो। 

हाल यो कम्पनीको चुक्तापूँजी १६ करोड ७६ लाख ७९ हजार ५०० रुपैयाँ रहेको छ । यो हिसाबले कम्पनीले ४ करोड ३५ लाख ९६ हजार ६७० रुपैयाँ बराबरको बोनस सेयर र २२ लाख ९४ हजार ५६१ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ । 

नियामक नेपाल  राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि घोषित लाभांश लगानीकर्ताले पाउनेछन् ।