काठमाण्डौ । अर्बपतिहरुले ब्रिटेन फ्रान्स लगायत यूरोपियन देशहरुको नागरिकता सजिलै पाउँछन् । तपाईलाई थाहा छ यसको कारण ? यसको एक मात्र कारण हो, पैसा । तपाईसँग पनि पैसा छ भने ती देशको नागरिकता सहजै खरीद गर्न सक्नुहुन्छ । ब्रिटेनसहित विश्वका कयौं देशले पैसा लिएर विदेशीहरुलाई निकै सहज तरिकाले आफ्नो देशको नागरिकता दिन्छन् । क्विन्टको एक रिपोर्टअनुसार यदि तपाई ६ देखि ९ महिनासम्म ब्रिटेनमा बस्नुुभयो भने तपाईले त्यहाँ भोट हाल्ने अधिकार समेत पाउनुहुन्छ । 

समाचार अनुसार ब्रिटेनसहित यूरोपका कयौं देश आफ्नो देशको नागरिकता बिक्री गर्छन् । यसको अर्थ तपाईले केही पैसा दिएर ती देशको नागरिकता लिन सक्नुुहुन्छ । नागरिकता पाउन बसोबासका केही शर्त पनि पालना गर्नुपर्ने हुन्छ । आउनुहोस् थाहा पाइराखौं यस्ता देशहरुको बारेमा जसले पैसा लिएर नागरिकता बिक्री गर्छन् । विभिन्न एजेन्सीको सहयोगमा हामीले कुन देशको नागरिकता कति रुपैयाँमा खरीद गर्न सकिन्छ भन्ने खोज पनि गरेका छौ । 

क्यानडा–प्रिन्स एडवर्ड आइल्याण्ड
नागरिकताको मूल्य : २ करोड ८९ लाख रुपैयाँ
क्यानडाको प्रिन्स एडवर्ड आइल्याण्ड प्रान्तले करिब २ करोड ८९ लाख रुपैयाँ लगानी गर्नेलाई नागरिकता दिन्छ । तर आवेदनका लागि तपाई यो क्षेत्रमा कम्तीमा ३ वर्षदेखि बसोबास गरिरहेको हुनुुपर्नेछ । नागरिकता हासिल गरिसकेपछिको ५ वर्षभित्रमा तपाई यो क्षेत्रमा अनिवार्य रुपमा ७३० दिन बस्नुपर्नेछ । यो स्कीमको सुरुवात सन् १९८० मा भएको थियो । 

फ्रान्स
नागरिकताको मूल्य : करिब १ अर्ब २१ करोड
फ्रान्सको नागरिकता पाउनका लागि तपाईले कम्तीमा १ अर्ब २१ करोड रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ । नागरिकताका लागि आवेदन गर्नुअघि तपाई ५ वर्षदेखि फ्रान्समा बसिरहेको हुनुपर्नेछ । सन् २०१३ बाट सुरु भएको यो स्कीममार्फत हुने लगानीबाट तपाईलाई फ्रान्सेली नागरिकलाई मिल्ने सबै सुविधा प्राप्त हुनेछ । 

ब्रिटेन
नागरिकताको मूल्य : करिब १३ करोड
यूनाइटेड किंगडम(ब्रिटेन)को नागरिक बन्नका लागि तपाईले कम्तीमा १३ करोड रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ । यूकेमा ६ वर्ष बसेपछि तपाईले यहाँको नागरिकताका लागि आवेदन दिन सक्नुुहुन्छ । नागरिकता प्राप्त गरेपछि पनि तपाई प्रत्येक वर्ष देशमा १८५ बस्नैपर्ने हुन्छ । ब्रिटेनमा यो स्कीमको सुरुवात सन् १९९४ बाट भएको थियो । 

स्पेन
नागरिकताको मूल्य : ६ करोड ८ लाख रुपैयाँ
स्पेनको नागरिकता पाउनका लागि तपाईले ६ करोड ८ लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ । तर, यो देशमा बसोबास गरेको १० वर्षपछि मात्र तपाईले नागरिकताका लागि आवेदन दिन सक्नुुहुन्छ । सन् २०१३ बाट सुरु भएको स्कीममार्फत नागरिकता पाएपछि तपाईलाई यो देशमा अनिवार्य रुपमा बस्नुपर्ने नियम लगाइन्न । यसको अर्थ हो, यसको नागरिकता लिएर अर्को देशमा बर्षौ बसे पनि यहाँको नागरिकता सुरक्षित नै हुन्छ । 

हंगेरी
नागरिकताको मूल्य : ३ करोड ४ लाख रुपैयाँ
हंगेरीको नागरिकताका लागि ३ करोड ४ लाख रुपैयाँ लगानी गर्नुपर्छ । यो देशमा ८ वर्षसम्म बसोबास गरेको व्यक्तिले मात्र नागरिकताका लागि आवेदन दिन सक्नेछ । यो स्किम पनि सन् २०१३ बाट सुरु भएको थियो । यो देशमा समेत नागरिकता पाइसकेकाहरुका लागि बसोबास गर्नैपर्ने अनिवार्य नियम हुन्न । नागरिकता पाएपछि अन्य देशमा बसे पनि यहाँको नागरिकता भने सुरक्षित नै रहनेछ । 

पोर्चुगल
नागरिकताको मूल्य : ६ करोड ८ लाख रुपैयाँ
पोर्चुगलको नागरिकताका लागि ६ करोड ८ लाख रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ । यो देशको नागरिकता पाउन आवेदन दिनुुअघि तपाई कम्तीमा ६ वर्ष बसोबास गरेको हुनुपर्नेछ । सन् २०१२ मा सुरु भएको यो स्कीमअन्तर्गत नागरिकता पाएपछि तपाईले कम्तीमा प्रत्येक वर्ष यो देशमा ७ दिन चाहि बस्नैपर्ने हुन्छ । 

बुल्गेरिया
नागरिकताको मूल्य : ६ करोड ८ लाख रुपैयाँ
बुल्गेरियाको नागरिकता पाउन तपाईले ६ करोड ८ लाख रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ । यो देशमा पनि ६ वर्ष बसोबास गरेपछि मात्र नागरिकताका लागि आवेदन दिन सकिन्छ । सन् २००९ बाट सुरु भएको यो स्किम अन्तरगत नागरिकता पाएपछि अन्य कुनै पनि नियम मान्नुपर्दैन, अर्थात अन्य देशमा वर्षौ बसे पनि यहाँको नागरिकता सुरक्षित हुनेछ । 

लातभिया
नागरिकताको मूल्य : ४१ लाख ६० हजार रुपैयाँ
लातभियाको नागरिकता तपाईले ४१ लाख ६० हजार रुपैयाँ लगानीमै पाउनसक्नुुहुन्छ । यो देशमा १० वर्ष बिताएपछि मात्र तपाईले नागरिकताका लागि आवेदन दिन सक्नुहुन्छ । यो देशले यो स्किमको सुरुवात सन् २००९ देखि गरेको थियो। यहाँ पनि नागरिकता पाएपछि बसोबाससँग सम्बन्धी कुनै पनि शर्त वा नियम मान्नुपर्दैन । 

साइप्रस
नागरिकताको मूल्य : ३० करोड ४ लाख रुपैयाँ
करिब ३० करोड ४ लाख रुपैयाँ लगानी गरी तपाईले साइप्रसको नागरिता पाउन सक्नुुहुन्छ । यदि तपाई साइप्रसमा कहिल्यै बस्नुुभएको छैन भने पनि सिधैं नागरिकताका लागि आवेदन दिन सक्नुुहुन्छ । हाल नागरिकता पाएपछि यो देशमा तपाईले कति दिन बस्नुुपर्छ भन्ने नियम बनिसकेको छैन । यो बिषयमा साइप्रस सरकारले विचार विमर्श गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।