काठमाण्डौ । नागरिक लगानी कोषले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई प्रस्ताव गरेको २३.१६ प्रतिशत लाभांश पारित गर्न भदौ ३० गते वार्षिक साधारणसभा डाकेको छ ।

कोषको सञ्चालक समितिको गत बुधबार बसेको सञ्चालक समितिको बैठकले २४ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको हो।

कोषले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.१६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव साधारणसभाबाट पारित गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि कोषले भदौ १९ गते शेयधनी दर्ता किताब बन्द गर्ने जनाएको छ। यसको मतलब भदौ १८ गतेसम्म कायम शेयरधनीले मात्र कोषको बोनस शेयर र साधारणसभामा भाग लिन पाउनेछन् ।