काठमाण्डौ । नागरिक लगानी कोषले आफ्ना सेयरधनीलाई २ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । 

कोष संचालक समितिको फागुन ८ गते बसेको बैठकले आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण कार्य सम्पन्न भई सेयरधनीहरुलाई २२ प्रतिशतब बोनस सेयर वितरणको निर्णय गरेको हो । 

कम्पनीको निर्णय अनुसार कोषले २९ करोड ५८ लाख ७१ हजार ३०७ रुपैयाँ बराबरको बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि १.१६ प्रतिशत अर्थात १ करोड ५५ लाख  ७२ हजार १७४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नुपर्ने हुन्छ । 

यो निर्णय कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 

बोनस सेयर वितरणको यो निर्णयपछि नागरिक लगानीकोषको सेयर मूल्यमा उछाल आएको छ । दोश्रो बजारमा यो कम्पनीको प्रतिसेयर मूल्य २९०० माथि पुगिसकेको छ ।