काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले आफ्नो २५ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ।

कोषले आउँदो असार २० गते काठमाण्डौको नयाँबानेश्वरस्थित आफ्नो नयाँ भवनमा सभा डाकेको हो। सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव लाभांश र हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव मुख्य अजेन्डाका प्रस्तुत गरी अनुमोदन हुनेछन्।

सभामा गत आर्थिक वर्षका लागि कोषले प्रस्ताव गरेको २२ प्रतिशत बोनस सेयर र १.१६ प्रतिशत नगद लाभांश (लाभांश करसहित) पारित हुनेछ। 

सभामा चुक्तापुँजीको ८२.८४ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि अनुमोदन हुनेछ। 

साधारणसभा र लाभांश प्रयोजनका लागि कोषले असार १० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब असार ९ गतेसम्म कामय सेयरधनीहरुमात्र सभामा भाग लिन लाभांश प्राप्तिका लागि योग्य हुनेछन्।