काठमाण्डौ । अटोमोवाइल डिलर्स एशोसिएसन(नाडा)ले सरकारबाट प्रस्तुत बजेट मिश्रित रहेको बताएको छ । 

अन्य सवारीको हकमा बजेट यथास्थितिमा रहे पनि विद्युतीय गाडीको भन्सार र अन्तशुल्क गरी २५ प्रतिशतले बढाइएकोमा नाडाले असन्तुष्टि व्यक्त गरेको छ । यो व्यवस्थाले विस्तार हुँदै गएको विद्युतीय सवारीको प्रयोगमा नकारात्मक प्रभाव पर्नसक्ने र विद्यूतीय गाडीको व्यापार नै चेपुवामा पर्नसक्ने चिन्ता समेत नाडाले व्यक्त गरेको छ । 

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बिजशालासँग कुरा गर्दै यसपटकको बजेटबाट समग्र अटो सेक्टरको भन्सार दर बढ्ने त्रास रहे पनि सरकारले विद्युतीय गाडीहरुलाई मात्र फोकस गरेको बताए।

‘सबैमा भन्सार र अन्तशुल्क दर बढ्छ कि भन्ने त्रास थियो, तर बढेन । हामीले थोरै भए पनि सन्तोषको सास फेरेका छौ ।’ उनले थपे । 

अटो सेक्टरमा बजेटले धेरै नछोए पनि केही स्पेयर पार्टसको भन्सार दर बढेको समेत बताए । 

बजेटले अरु व्यवसाय भन्दा पनि कृषि, स्वास्थ्य र शिक्षामा बढी जोड दिएको उल्लेख गर्दै संकटको बेला सम्बोधन हुनुपर्ने क्षेत्रका लागि बजेट उत्साहजनक रहेको समेत प्रक्रिया दिए ।