काठमाण्डौ । नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा शम्भुप्रसाद दाहालले शानदार जित हासिल गरेका छन् । 

एशोसिएसनका साधारण सदस्य तथा संस्थागत सदस्य पदमा समेत दाहाल प्यानलकै अधिकांशको जित भएको छ । 

अध्यक्षमा दाहालले ६६० मतसहित जित हात पारेका हुन् । अध्यक्षका अर्का प्रत्यासी रामप्रसाद कँडेल शर्माले ६८ मत मात्र प्राप्त गरे । 

यस्तै, साधारण सदस्यहरुमा कृष्णप्रसाद दुलाल(६३७), करणकुमार चौधरी(६८६), अमिक ज्योति(६९३), सुनिल रिजाल(६४७), सुरेन्द्रकुमार उप्रेती(६५७), अनुपकुमार बराल(७०३), विक्रम सिंघानिया(६८२), प्रकाश कपुरी(६८८), सुरज भट्टराई(६८६) विजयी भएका छन् । 

यसैगरी, दीपक अग्रवाल(६६१), मिलनबाबु मल्ल(६८०), पंकज अग्रवाल(६५२), नन्दकिशोर शाही(६१३), निलमणि पाठक(६३२) पनि विजयी भएका छन् । 

संस्थागत सदस्यतर्फ ध्रुवबहादुर थापा, नारायणप्रसाद कँडेल, नवराज डल्लाकोटी र माधवप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन् ।