-भक्तराज रसाइली 
काठमाण्डौ । गोल्छा अर्गनाइजेसन अन्तरगत फोर्ड कम्पनीले नाडा अटो शोमा फेस्टिभ अफर राख्दै कम्पनीका विभिन्न मोडलका कारहरु प्रस्तुत गरिएको छ । 

अफरअन्तर्गत स्योर सट प्राइज अनुसार म्याकबुक प्रो, सामसङ्ग ग्यालेक्सी एस नाईन प्लस, वन प्लस सिक्स, सामसङ्ग ४०, एलईडी टीभी र आइप्याड रहेकोमा बम्पर ड्रमार्फत ५ जोडीलाई स्वीट्जरल्याण्डको ४ रात ५ दिनको भ्रमण योजना रहेको कम्पनीले बताएको छ । 

गाडी खरिदमा २५ हजारदेखि २ लाखसम्म नगद छूट पनि दिईएको कम्पनीले बताएको छ।

फोर्डका अन्य गाडीहरूमध्ये ईकोस्पोर्ट गाडीले आक्रामक व्यापार  गरिरहेको र सर्वसाधारण नेपालीहरुको बजेट अनुसारको रहेकाले यो कारको बिक्री बढेको कम्पनीले दाबी गरेको छ ।

सनप्रूफ इकोस्पोर्ट फोर्ड ट्र्याक्सन कन्ट्रोल क्षमताको यो कारमा नाडालाई फोकस गरेर लञ्च गरिएको छ । १५ सय सीसी क्षमताको यो कार एसयूभी विशेषताकै कारण युवाहरूको रोजाईको कार रहेको कम्पनी स्रोतले बताएको छ । 

काठमाण्डौका रोड र बाहिरका अफरोडमा पनि सहजै गुडाउन सकिने स्पोर्टि कारमा १२३ पीएस पावर क्षमता र २ सय मिमि ग्राउन्ड क्लियरेन्स त छदैछ अगाडिको २ वटा एअर ब्याग पनि रहेको छ ।

४६ लाख ४० हजार पेट्रोलबाट चल्ने र ५० लाख ९० हजार डिजलबाट चल्ने कारको मूल्य पर्ने कम्पनीले जनाएको छ । तर यसमा भने स्योर सट प्राईज र स्वीट्जरल्याण्ड ट्रीपको बम्पर अफर मात्रै रहेको कम्पनी बताउँछ ।

सेन्सर एयरब्याग, पास्सिङ्ग क्यामेरा लगायतका थुप्रै सुबिधा रहेको फोर्ड ईकोस्पोर्ट कार २५-३५ वर्षका युवाहरूलाई लक्षित गरेर बनाईएको कम्पनीको दाबी छ । 

सेतो, ग्रे, नीलो र कालो रङ्गमा उपलब्ध सो कार ७ सिटे क्षमतासहितको आरामदायी रहेको छ ।