-भक्तराज रसाइली

काठमाण्डौ । युवाहरूको अत्यधिक रोजाईको बाईक पल्सरले १५० सिसिको पल्सर 150 TD नाडा अटो शोको १३ औं सस्करणमा सार्वजनिक गरेको छ ।

बजाज कम्पनीको नेपालका लागि आधिकारित बिक्रेता हंशराज हुलासचन्दका कर्पोरेट सेल्स अफिसर प्रज्वल प्रधानका अनुसार यो बाइकमा डबल डिस्क,१२० ८० १७ ट्युबलेस टायर, १२ भोल्ट ब्याट्री र अटो हेड्ल्याम्प लगायतका थुप्रै आकर्षक विशेषता छन् ।

यस बाईकको मूल्य २ लाख ५७ हजार ९ सय रहेकोमा स्क्र्याच गर्दा ग्राहकलाई ६ हजारदेखि १ लाखसम्म छूटको अफर राखिएको र प्रत्येक हप्ता हुने लक्की ड्रमा पकेट फूलको अवसर पनि रहेको उनले बताए ।

पल्सर १५० टीडी कालो प्लस रातो, कालो प्लस नीलो र कालो प्लस ईबोनिक ब्ल्याक रङ्गहरुमा उपलब्ध छन् । २ दिनमा नै मेलामा २० भन्दा बढी बाईक सेल्स भइसकेको र १५० सिसिमा राम्रो सुविधा भएको कम्पनीको दाबी छ ।

ट्वीन डिस्क शक केही मोटो छ । बाईकको इन्धन ट्यांकी १५ लिटर भए सङ्गै  यसमा  ४२(४८ किमि प्रतिघन्टा माईलेज रहेको र डब्बल डिस्क, पावर अपग्रेड भएकैले यसको माग धेरै बढेको प्रधानले बिजशालालाई बताए ।

यसैबीच, जर्मनी प्रविधिको संयोजन र चीनमा एसेम्बल गरिएको र नेपालका लागि आधिकारिक बिक्रेता ईको ईन्फीनिटी प्रालिको नयाँ ब्रान्डका ईलेक्टिृक स्कूटरले नाडा शोमा आउने ग्राहक आकर्षित गरिरहेको छ । 

ईको ईन्फिटिका बिक्री प्रमुख रुपक भट्टराईका अनुसार स्मार्ट स्कूटी हो, जसमा एम र एन सिरिज रहेका छन् । एम सिरिज सिङ्गल सिट र एन सिरिज भने डब्बल सिट क्षमतामा उपलब्ध रहेकोमा विश्वकै पहिलो स्मार्ट इलेक्ट्किल स्कूटर रहेको भट्टराईलेले जिकिर गरे।

यसमा सिम लाग्ने, एन्टीथ्रेप्ट, जीपीएस ट्र्याकिङ्गको अत्याधुनिक सुविधा रहेको कम्पनीको दाबी छ ।

८० किमि बराबर ५० रुपैयाँको विद्युत खपत गर्ने स्कूटरमा वार्षिक कर छूट रहेकाले ब्लुबूक नवीकरणमा १५० बाहेक अन्य कुनै पनि कर तिर्नु नपर्ने र वार्षिक ५० हजारसम्म बचत हुने तथा यो स्कूटर वातावरणमैत्री पनि छ ।

एम सिरिजको मूल्य २ लाख २९ हजारदेखि २ लाख ३५ हजार छ भने एन सिरिजको चाहिँ २ लाख ४९ हजारदेखि २ लाख ५५ हजार रहेको कम्पनीको भनाई छ ।

नाडा अफरमा २ वटा स्क्र्याचमध्ये ५ हजार बराबरको गिफ्टह्यम्पर र अर्को स्क्र्याचमा लक्की ड्रमा १ किन्दा अर्को सित्तैमा स्कूटर जित्ने अफर छ । यसका अलावा २५ हजारसम्म कम्पनीको तर्फबाट नगद  भौचर पनि छ ।

यो स्कूटर स्मार्ट स्कूटर भएको जर्मनीको प्रख्यात बोस कम्पनीको गुणस्तर र लिथियम व्याट्री ९६० भोल्ट० सहितको २४ सय वाटको मोटर पनि रहेको कम्पनीको दाबी छ । जस्तै उकालोमा पनि राम्रो तान भएको यो स्कूटी युरोपियन डिजाइनले गर्दा फिचर र क्वालिटी राम्रो भएको भट्टराईले बिजशालालाई बताए ।

यसमा फाईनान्सिङ्ग र ईन्सुरेन्सको व्यवस्था भएकाले कसैले ठोक्काए, हराए दाबी गर्न सक्ने व्यवस्था सहित पहिलोपटक क वर्गका वाणिज्य बैंकहरु नबिल, हिमालयन र  सेञ्चरी बैंकको  फाईनान्स सुविधा रहेको बिक्री प्रमुख भट्टराईले बताए ।