-भक्तराज रसाइली
काठमाडौ । इटालियन कम्पनी पियाजियोको नेपालका लागि आधिकारिक बिक्रेता दिब्यज्योति ग्रूपअन्तर्गतको डी लाईफ स्टाईलले १३ औं नाडा शोमा प्रस्तुत गरेको भेस्पा र अप्रिला ब्राण्डका स्कूटरले ग्राहकको ध्यान तानेको देखिएको छ । 

भेस्पा नट्टी १२५ सिसि ३ भल्भ सहितको फिचरमा टाउकोबाट पुच्छरसम्म सिङ्गल बडी शुद्ध स्टीलबाट बनिएको मार्केटिङ अफिसर गौरब प्रधानले बताए । उनका अनुसार ७ लिटर फ्युल ट्यांक रहेको भेस्पा नट्टीमा ट्रीपल कोटेड युनिक कलरहरुमा उपलब्ध भएको स्मूथ हलुका तथा एयरक्राफ्ट्को आनन्द लिन सकिने विशेषता समेत छ ।

यसको मूल्य २ लाख ७० हजार रहेको छ । सबै ग्राहकलाई समान व्यवहार स्वरुप छूट नरहेको, तर इञ्जिनमा २ वर्ष, ब्याट्रीमा १ वर्ष वारेन्टीका साथमा फ्री एसेसरिजको व्यवस्था भएको कम्पनीले जनाएको छ । ३५-४० किलोमिटर माईलेज दिने स्कूटरको लुक्स निकै आकर्षक छ ।

यसैगरी, अप्रिला एस आर १२५ उच्च गुणस्तरीय फाईबर बडी र २२०मिमि फ्रन्ट डिस्कब्रेक १४० मिमि ड्रम डिस्क ब्रेक सहित १८०सिसि बाईकको परफरमेन्स सोसरह रहेको कम्पनीको दाबी छ । ६।५ लिटर फ्युल ट्यांक रहेको स्कूटीमा १४ एलो ह्वील र १२० ७० मिमिको फ्ल्याट ट्युबलेस टायर, युएसबी चार्जिङ्ग, १६० ग्राउण्ड क्लियरेन्स, पार्सिङ्ग लाईट लगायतका सुविधा रहेको मार्केटिङ अफिसर प्रधानले बिजशालालाई बताए ।

यसैबीच, १३ औं सस्करण नाडा अटो शोको आज अन्तिम दिन हो । गाडीहरुको महाकुम्भ मेलामा इलेक्ट्रिक स्कूटरको माग बढिरहेको बेला मियामा मोटर्स प्रालिको जापानीज मियामा इलेक्ट्रिक स्कूटरमा पनि अचाक्ली भीड बढेको देखिन्छ ।

एक चोटिको चार्जमा १००-२०० किमि कुदाउन सकिने मियामा ब्रान्डका स्कूटरमा रिभर्स बटन भएकोले पछाडि सार्न खुट्टाको जरुरत नपर्ने बिक्री प्रबन्धक शैलेन्द्र रायले बताए । उनका अनुसार रिमोट सिस्टम जडित यसमा साँचो हराए रिमोटबाटै पनि अन अफ गर्न सकिन्छ।

डिजिटल मिटर जडान गरिएको मियामामा एलिइडी हेडलाईटको सुबिधा रहेको रायले बिजशालालाई बताए । उत्कृष्ट माईलेज, उकालोमा पनि बेजोड तानशक्ति भएको कारण ग्राहकहरुले शोबाट नै धमाधम दैनिक ८ वटाको दरले इलेक्ट्रिक स्कूटर लगिरहेका उनले दाबी गरे ।

मियामा इलेक्ट्रिक स्कूटरको मूल्य सस्तोमा १ लाख ३९ हजार र महँगोमा १ लाख ९६ हजार रहेकोमा नाडा अफरका रूपमा नगद  १० हजार छूट र एउटा टिसर्ट निशुल्क दिईने रायको भनाइ छ । 

सम्भवत धेरै गुड्ने पहिलो इलेक्ट्रिक स्कूटर मियामा भएको कम्पनीको दाबी छ । शून्य ब्याजदरमा १० प्रतिशत डाउनपेमेन्टमा एनआईसी एसिया बैंकको फाईनान्समा मियामा स्कूटर खरिद गर्न सकिने बिक्री प्रबन्धक रायले बताए ।