काठमाण्डौ । सिजि मोटोकर्पले नाडा अटो शोको दोस्रो दिन नयाँ एक्सएल सिक्स(XL6 ) गाडी प्रस्तुत गरेको छ । ६ सिट क्षमताको XL6  को भित्री र बाहिरी रुप आकर्षक रहेको छ । 

सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले निकै आकर्षक डिजाइनको यो गाडीको विषयमा भनेका छन्–“पारिवारिक मूल्य र संस्कृति नेपाली जीवनको प्रमुख सारका रुपमा रहेको हुन्छ, यसै मूल्य एवम् मान्यतालाई आत्मासाथ गर्दै हामीले XL6 गाडी प्रस्तुत गरेका छौं, जसले एउटा परिवारलाई सँगै यात्रा गर्ने सुविधा प्रदान गर्दछ । आजका ग्राहकहरुले सबैभन्दा बढी खोज्ने स्टाइल र कम्फोर्ट नै हो, जुन यसमा रहेको छ । यसको आकर्षक स्टाइल, खुल्ला भित्री स्थान, सुविधा, कार्यक्षमता तथा सुरक्षा जस्ता प्रमुख विशेषता यसमा रहेको छ ।’

बोल्ड, आइकोनिक, स्पोर्टी एवं प्रभावशाली बाहिरी रुप
यसको भित्री रुप प्रभावशाली रहेको छ । स्टाइलमा कम्प्रोमाइज नगरी पर्याप्त भित्री स्पेस यसको प्रमुख विशेषता हो । उठाइएको हुड र अद्वितीय ग्रीलको साथ बोल्ड क्रशबार डिजाइन,Led DRLs, हेड ल्याम्पहरुले यो बास्तवमै दृढ देखिएको छ । कालो अलोइ ह्वील, लगायतका थुप्रै विशेषताहरुले गाडी आफैंमा आकर्षक बन्न पुगेको छ।

आरामदायी भित्री रुप
XL6 मा पर्याप्त भित्री स्पेस रहेको छ, जसले गर्दा सहजै एउटा परिवार यात्रा गर्न सकिन्छ । यसका भित्री एस्सोसरिजहरु पनि आकर्षक एवम् विशेषतायुक्त रहेका छन् । यसमा भएका थुप्रै विशेषताहरुको साथ आकर्षक, बोल्ड, प्रभावशाली डिजाइन, दोस्रो तहमा सुरक्षित एवं आरामदायी क्याप्टेन सिट, सुजुकीको नेक्जा सेफ्टी शिल्डको साथ सम्पूर्ण रुपमा सुरक्षित छ । भ्यान्टीलेटेड कपहोल्डर्स, ओभरहेड कन्सोल, हरेक लाइनमा एक्सोसरिज सकेट, लगायत थुप्रै विशेषताहरुले सुरक्षा एवम् सहजताको तहलाई अझै माथि पुर्याएको कम्पनीले जनाएको छ । 

स्मार्ट प्ले स्टुडियो टचस्क्रिन
मनोरञ्जनका लागि १७.८ सेमीको स्मार्ट प्ले स्टुडियो टचस्क्रिन रहेको छ, जसले गर्दा गाडी चलाउँदाको अवस्थामा स्मार्ट प्ले स्टुडियो एप्लिकेशनहरुको जीवन्त मनोरञ्जन लिन सकिन्छ । साथै इन्धन कम भएको जानकारी, फ्युल इकोनमी आदि गाडीका आवश्यक जानकारीहरु पनि स्क्रीनमा देख्न सकिन्छ भने स्मार्ट फोनलाई सहजै आबद्ध गर्न सकिन्छ । 

इञ्जिन तथा ट्रान्समिसन
XL6 Bs6 k15    पेट्रोल इञ्जिनको साथ स्मार्ट हाइब्रिड प्रविधिको प्रयोग गरिएको छ । यसमा Li-ion व्याट्रि रहेको हुन्छ । K15 इञ्जिनले 77KW@6000rpm को शक्ति प्रदान गर्दछ भने यसको अधिकतम टर्क 138Nm@4400rpm रहेको छ । साथै XL6 मा ५ म्यान्युअल तथा ४ अटोमेटिक ट्रान्समिसनको विकल्प रहेको छ । 

सर्वप्रथम सुरक्षा– नयाँह्टिमा रहेको छ  सदैव सुरक्षा
यसमा ५ औं पुस्ताको प्ल्याटफर्म, फन्टल अफसेट इम्प्याक्ट, साइट इम्प्याकट र बटुवा सुरक्षा जस्ता सुरक्षालाई समायोजन गरिएको छ । साथै यसमा airbags, ABS (Anti-lock-Braking System) को साथ EBD (Electronic Brake force Distribution), front seat belts को साथ Pre-tensioners र Force Limiters, ISOFIX child seat anchorages, high speed warning alert, reverse parking sensors जस्ता अद्वितीय सुरक्षा सुविधा समेत रहेका छन् । 

मूल्य
Xeta को  : 4699000.00 तथा Alpha को द्4799000.00 तोकिएको छ ।

अन्य विशेषताहरुः

  • Width (mm) 1775 Max Torque 138Nm@4400rpm
  •  Length (mm) 4445
  • Max Power 77KW@6000rpm
  •  Height (mm) 1700
  • Wheelbase 2740
  • Luggage Space (L) 209L (all 3 rows up) 692L (2nd & 3rd row folded)
  • Transmission 5-speed manual and 4-speed automatic
  • Tyre Size 185/65 R15
  • Displacement 1462cc
  • Fuel tank capacity 45L
  •  Range of coloursv NEXA Blue v Brave Khaki v Auburn Red v Magma Grey v Premium Silver v Arctic White