काठमाण्डौ ।  राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा मंगलबारदेखि सुरु ‘नाडा अटो शो–२०१६’ मा गएर गाडी खरीद गर्ने कुरा सोचिरहनुभएको छ र लोन लिने योजना छ भने तपाईंले अब अलमलिनु पर्नेछैन । एनएमबी बैंकले गाडी खरीद गर्नेहरुका लागि विशेष सहुलियत दरमा गाडी कर्जाको अफर उपलब्ध गराएको छ, त्यो पनि स्पटमै । 

एनएमबी बैंकले नाडा अटो शोमा व्यवस्थित स्टल नै राखेर गाडी खरीद गर्नेहरुका लागि स्पट फाइनान्सिङको सुविधा उपलब्ध गराएको हो । 

स्पटमै फाइनान्सिङमा एनएमबी बैंकले नाडा अटो शो अवधिभरि विशेष सहुलियत समेत घोषणा गरेको छ । 
यो बैंकले मेला अवधिभरि गाडी खरीद गर्न चाहनेहरुका लागि ६.४९ प्रतिशत ब्याजदरमै ऋण उपलब्ध गराउने अफर दिएको हो । साबिकको अवस्थामा एनएमबी बैंकको गाडी कर्जा केही महंगो थियो ।

नाडा अटो शोको न्ठ नम्बरको स्टलमा एनएमबी बैंकले सो सुविधा उपलब्ध गराउन थालेको छ । यो विशेष छुट सुविधा आगामी सेप्टेम्बर ४ सम्म मात्र रहने बैंकले स्पष्ट पारेको छ ।