काठमाण्डौ ।  १९ अरब अमेरिकी डलरबराबरको कुल मूल्य आँकलन गरिएको महिन्द्रा एण्ड महिन्द्रा समूहको एक हिस्सा हो महिन्द्रा एण्ड महिन्द्रा लिमीटेड । 

नेपाल अटोमोबाइल डिलर्स अशोसिएसन(नाडा)को १२ औं संस्करण अटो सो २०१७ का क्रममा महिन्द्रा एण्ड महिन्द्राले आफ्ना सवारी साधनहरूको प्रदर्शन गर्दैैछ, जसले विश्वभरिका परिवहनसम्बन्धी समस्याहरू सम्बोधन गर्नेछ । 

महिन्द्रा मात्रै त्यस्तो अटोमोबाइल कम्पनी हो, जुन नेपालमा यातायातसम्बन्धी विकल्पहरूको एक पूर्ण श्रृंखलासहित उपस्थित छ—दुइपांग्रे वाहनहरू, निजी सवारी साधनहरू, उच्च क्षमता भएका व्यवसायिक प्रयोजनका लागि आवश्यक साधनहरू, बसहरू र निर्माण कार्यका लागि चाहिने विविध यन्त्रहरूसहित ।  

यस अवसरमा मन्तव्य दिंदै महिन्द्रा एण्ड महिन्द्रा लिमीटेडका उपाध्यक्ष, इन्टरन्याशनल अपरेसन्स–एएफएस(दक्षिण एशिया)का प्रमुख सञ्जय जादवले भने–‘नेपालका उपभोक्ताहरूमाझ महिन्द्राका सवारी साधनहरूको पूर्ण श्रृंखला प्रदर्शन गर्न पाउँदा हामीलाई गौरवको अनुभूति भएको छ । नेपाल हाम्रा ३ प्रमुख निर्यात गन्तव्यहरूमध्ये एक हो । पच्चिस वर्ष भन्दा बढी समयदेखि हाम्रो साझेदार रहिआएका अग्नि इन्कर्पोरेटेड तथा दुगड ब्रदर्श एण्ड सन्सको सहायताका कारण महिन्द्राका सवारी साधनहरूले नेपालमा आफ्नो विशिष्ट स्थान बनाउन सफल भएका छन् । यो सफलतामा महिन्द्राका वाहनहरूको विशिष्ट शैली, गहकिला र बलिया सामानहरूको संयोजनले पनि महत्वपूर्ण भूमिका खेलेको छ ।’

उनले आफूहरु एक विश्वस्तरीय ब्राण्ड रहेको र नेपालमा स्थानीय तहमा सेवा बिस्तारको तयारी थालिएको जानकारी समेत दिए । कम्पनीले चैतन्य कागलकरलाई नेपाल अपरेसन्स प्रमुखमा नियुक्त गर्नुका साथै एक स्थलगत समूहको चयन गरी काठमाडौंमा एक नयाँ कार्यालय पनि स्थापना गरेको र यसको मूख्य उद्देश्य नेपालका उपभोक्ताहरूको आवश्यकता र चाहनाहरूमा ध्यान केन्द्रित गर्नु रहेको उनले प्रष्ट्याए । 

अटो शोलाई सम्बोधन गर्दै अग्नि समूहका व्यवस्थापन निर्देशक क्याबिनेट श्रेष्ठले भने–‘यतिखेर हामीहरू नेपालमा अग्निको २५ औँ वार्षिकोत्सव मनाइरहेका छौँ । यस यात्राको क्रममा हामीले महिन्द्रासँग मिलेर नेतृत्वदायी उत्पादनहरू उपभोक्ताहरूमाझ ल्याएका हौँ । महिन्द्राका उपभोक्ताका आवश्यकताहरूप्रति लक्षित कस्टमाइज्डसवारी साधनहरूको प्रदर्शनीसँगै यो यात्रा अहिलेसम्म पनि निरन्तर चलिरहेको छ । थार डेब्रेक संस्करणदेखि लिएर टियुभी३०० सम्म हामीले हाम्रा उपभोक्ताहरूका लागि कस्टोमाइज्ड सवारी साधनहरू प्रस्तुत गरेका छौँ र उहाँहरूलाई फरकफरक अनुभूति दिएका छौँ । महिन्द्राका उत्कृष्ट वाहनहरूको साथमा हामीले नेपालीहरूलाई अत्याधुनिक उत्पादनहरू र सेवाहरू उपलब्ध गराउने लक्ष्य राखेका छौँ ।’ 

यसै सन्दर्भमा दुगड ब्रदर्श एण्ड सन्सका उपाध्यक्ष विवेक दुगडले सवारी साधनहरूको महामेला सहितको प्रदर्शनीमा महिन्द्रासँग साझेदारी गर्न पाउँदा आफूहरु खुशी रहेको बताए । उनले महिन्द्रासँग मिलेर नेपालको व्यावसायिक तथा निर्माणसम्बन्धी यन्त्र उद्योगका लागि एउटा आकर्षक मूल्य प्रस्ताव तयार गर्ने लक्ष्य राखेको समेत सुनाए । ‘बालुवा उत्खनन र निर्माण कार्यजस्ता क्षेत्रहरूका लागि उपयुक्त र उच्च माग रहेको लोडकिङ अप्टिमो नेपालमा प्रदर्शन गर्न पाउँदा हामीलाई गर्व लागेको छ । यसले नाफामा अनि स्टायलमा कुनै संझौता नगरी आफ्नो कर्तव्य निर्वाह गर्छ ।’ उनले थपे–‘निर्माण उपकरण उद्योगका लागि उपयोगी युगान्तकारी उत्पादनहरू ल्याउने मामिलामा महिन्द्रा अर्थमास्टर अग्रणी स्थानमा रहेको छ । निर्माण उद्योगमा यो सबैभन्दा कम इन्धन खपत गर्ने ब्याकहो लोडर हो, जुन ८३ एचपी श्रृंखलामा सर्वोत्कृष्ट कार्यक्षमताका कारण प्रसिद्ध रहेको छ ।’ 

उत्पादन प्रदर्शनी
यो मेला महिन्द्राको लागि नेपालमा यस किसिमको पहिलो प्रदर्शनी हो । यस अवसरको उपयोग गर्दै महिन्द्राले कस्टोमाइज्ड एसयूूभी प्रदर्शन गर्यो । प्रमुख आकर्षण थियो महिन्द्रा थार—डेब्रेक संस्करण । प्रभावशाली उपस्थिति, ३७ इञ्चका टायरहरू, विशिष्ट शैलीमा निर्मित बम्परहरू, रक स्लाइडरहरू र उच्च ग्राउण्ड क्लियरेन्सजस्ता विशेषता भएको यो बाहनको डिजाइन तयार गरेको हो टिम महिन्द्राले । यो वाहन विकट भूभागका लागि उपयुक्त हुने गरी बनाइएको छ । यिनै विशेषताहरूका कारण थार नेपालभित्र दिनप्रतिदिन लोकप्रिय हुँदै गइरहेको छ । महिन्द्रा कस्टमाइजेसनको उद्देश्य हो, आफ्ना उपभोक्ताहरूसँग सहकार्य गरी उनीहरूको व्यक्तित्व र मनोवृत्तिसँग मेल खाने वाहनहरू उपलब्ध गराउनु । 

एक वर्षअघि नेपालको बजारमा उपभोक्ताका आवश्यकताहरूप्रति संवेदनशील आकर्षक र साहसी टियुभी३०० कस्टोमाइज्ड किटसहित अनावरण गरिएको थियो । महिन्द्रा जेनुइन एसेसरीजबाट प्राप्त यी सामग्रीहरूले यसलाई अझ बलियो बनाएका थिए । नेपालमा यो युवा एसयूूभीको वार्षिकोत्सव मनाउने क्रममा एक्स्टेरियर किटसहितको केयुभी १००प्रदर्शन गरिएको थियो। व्यक्तिगत आवश्यकता अनुरूप विशिष्टीकरणको विकल्प उपलब्ध गराइएको यस प्रदर्शनीले उपभोक्ताहरूको मन जित्न सफल भएको थियो ।

यसै अवसरमा महिन्द्राका दुइपांग्रे सवारीहरूको पनि प्रदर्शन गरियो । मेलामा गस्टो आरएसको अनावरण गरिएको थियो । उपयुक्त स्टाइल तथा आरामदायी विशेषताहरू सहितको यस वाहनले विशिष्ट यात्राको अनुभूति दिन्छ । बजारमा प्रवेश गरेको एक वर्ष पूूरा भएको अवसर पारी महिन्द्राको अग्रणी उत्पादन मोजो पनि प्रदर्शनीमा राखिएको छ ।

यसै अवसरमा नेपालको बढ्दो परिवहन र निर्माणसम्बन्धी आवश्यकताहरू पूूरा गर्न सघाउने उद्देश्य लिई अप्टिमो टिपर र लोडरसहितको अर्थमाष्टर पनि प्रदर्शन गरिएको थियो ।