काठमाण्डौ । नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले चाडपर्व तथा नाडा अटो शोको अवसरमा “फेस्टिभ हट डिल” योजना प्रस्तुत गरेको छ । 

नाडा अटो सो तथा दसैंतिहार जस्ता महान् चाडलाई लक्षित गरी कम्पनीले हालै न्यू गो गाडी बजारमा प्रस्तुत समेत गरेको छ । यो ड्याट्सन गो को नयाँ संस्करण हो । यसमा शक्तिशाली १.२ लिटर इञ्जिन, रियर वाइपर, आर १४ डायमण्ड कट अलो ह्वील, डुअल एयरब्याग जस्ता थप विशेषता रहेका छन् ।

फेस्टिभ हट डिल अन्तर्गत ग्राहकले ड्याट्सन गाडीको खरिदमा विशेष छुट लगायत अन्य थुप्रै विशेषताहरुले भरिपूर्ण हट सुविधाहरु प्राप्त गर्न सक्ने छन् । नाडा अटो शोमा ड्याटसनको कुनै पनि  गाडी बुकिङ गरेमा, उक्त गाडी डेलिभरी गर्दाको बखत रु.३१,९९९ बराबरको एमआई एइट लाइड मोवाइल निःशल्क दिइने कम्पनीले जनाएको छ । 

यसैगरी, गाडीका खरिदकर्ताहरुबीच लक्की ड्र गरिनेछ, जसमा १० जना जोडीले थाइल्याण्डको भ्रमण गर्ने अवसर पाउने छन् भने ५  जना ले १० ग्रामको सुनको सिक्का पाउनेछन् ।

यसका अतिरिक्त ड्याटसन गाडीको खरिदमा रु ९९,००० बराबरको निःशुल्क एक्सोसरिजहरु पाउनुको साथै १ वर्षको वीमा, ३ वर्ष सम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ्ग, १ वर्ष सम्मको सडक कर  र रु.१२५,०००। सम्मको नगद छुट, फेस्टिभ डिस्काउन्ट अन्तर्गत रु. ५०,००० को छुट प्राप्त गर्न सकिने छ । 

साथै एक्सचेञ्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीलाई नयाँ ड्याट्सनसँग साट्न सक्नेछन् । 

कम्पनीले हरेक गाडीमा सहज फाइनान्सको सुबिधा, बाई ब्याक अफर जस्ता थुप्रै सुविधाहरु प्राप्त गर्न सकिनेछ । यो फेस्टिभ हट डिल अन्तर्गत ड्याट्सन न्यू गोमा रु.३४०,६४६ तथा ट्याट्सन रेडिगोमा रु. ३२२,६९६ सम्मको लाभ प्राप्त गर्न सक्ने बताइएको छ । 

आकर्षक भित्री डिजाइन, उत्कृष्ट लुक्स, नयाँ प्रविधि, तथा कम मूल्य आदि डाट्सन गाडीका विशेषताहरु रहेका छन् ।