काठमाण्डौ। अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा कृष्णप्रसाद दुलाल निर्विरोध निर्वाचित भएका छन्।

सवारी तथा सवारीजन्यहरुको बिक्रेता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी नेतृत्व चयनका लागि आइतबार मनोनयन दर्ता गर्ने दिन तोकिएको थियो। मनोनयन दर्ताकै क्रममा सर्वसम्मति भएपछि दुलालसहित १८ जना कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन्। दुलाल एसोसिएनका वर्तमान उपाध्यक्ष पनि हुन्।

नयाँ कार्यसमितिको घोषणा भने आगामी पुस ४ गते साधारणसभामार्फत हुनेछ।

कार्यसमिति सदस्यहरुमा सुरेन्द्रकुमार उप्रेती, बिक्रम सिंघानिया, करणकुमार चौधरी, आकाश गोल्छा, सुनिल रिजाल, अनुपकुमार बराल, राजनबाबु श्रेष्ठ, निराकार श्रेष्ठ, पंकज अग्रवाल, निलम पाठक अभिक ज्योति, मिलनबाबु मल्ल, दीपककुमार अग्रवाल र सुरज भट्टराई निर्विरोध निर्वाचित भएका छन्। नाडाको संस्थागततर्फबाट ध्रुवबहादुर थापा, सुभाष आचार्य, नवराज डल्लाकोटी र ऋषिकुमार ढकाल निर्विरोध भएका छन्। 

नाडाको विधानअनुसार १ जना अध्यक्ष र साधारण सदस्यबाट १४ तथा संस्थागतमध्येबाट चारजना गरी १९ जनाको कार्यसमिति निर्वाचन हुने व्यवस्था छ। नयाँ कार्यसमितिले तीनजना सदस्य मनोनित गर्नेछ।