काठमाण्डौ । नाडेप लघुवित्त बित्तीय संस्था लिमीटेडले खुलाएको आइपीओमा पहिलो दिन नै ३५४ प्रतिशत बढी आवेदन परेको छ । 

नाडेपले बिक्री खुल्ला गरेको ४ करोड ८० लाखको ४ लाख ८० हजार कित्ता आइपीओमा पहिलो दिन आइतबार १७ करोड ३ लाख ६१ हजार बढीको आवेदन परेको बिक्री प्रबन्धक नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडले जनाएको छ । 

पहिलो दिन ३९ हजार ७ सय ८० आवेदकले आइपीओ खरीदका लागि आवेदन दिएका हुन् । 

एनएमबी बैंकको एफपीओमा पछिल्लो समय न्यून आवेदन परिरहेको बेला लगानीकर्तामा आइपीओप्रति अचाक्ली आकर्षण देखिएको हा ।

यो कम्पनीको आइपीओमा असार १३ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम २० कित्तादेखि अधिकतम २४०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कुल निश्कासन हुने ४ लाख ८० हजार कित्तामध्ये ५ प्रतिशतले हुन आउने २४ हजार कित्ता नाडेपका कर्मचारीका लागि तथा २४ हजार कित्ता नै म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । बाँकी ९० प्रतिशत चाहि सर्वसाधारणका लागि छुट्याइएको छ । 

यो कम्पनीले कुल चुक्तापूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री हुन लागेको हो ।

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फोर प्लसको रेटिङ प्रदान गरेको छ । यसको अर्थ यो कम्पनीको अवस्था औसत आधार भन्दा कमजोर रहेको भन्ने देखाउँछ ।

नाडेपले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ४ करोड ४६ लाख खूद नाफा आर्जन गरेको थियो । 

यो कम्पनीको हाल चुक्तापूँजी ११ करोड २० लाख रुपैयाँ रहेको छ, आइपीओपछि बढेर १५ करोड ५७ लाखको उचाईमा पुग्नेछ ।