काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमीटेडले आगामी बैशाख २६ गते आफ्नो चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ । 

कम्पनीले धादिंगको नौबीसेस्थित नौबीसे एग्रो रिसोर्टमा ११ बजे साधारणसभा आह्वान गरेको हो । 

साधारणसभामा १५ प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांश  वितरणको प्रस्ताव पेश हुनेछ ।

यस्तै, सर्वसाधारण समूहबाट २ संचालकको चयन गर्ने, २०७४/७५ को वित्तीय  विवरण पास गर्ने र चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत पारित गर्ने कार्यक्रम छ ।

यस्तै, कम्पनीले मर्जर वा एक्वीजिसनका लागि समेत संचालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव समेत राखिएको छ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले बैशाख ९ गतेलाई बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ कम्पनीबाट घोषित लाभांश पाउन र साधारणसभामा सहभागी हुन बैशाख ८ गतेभित्र यो कम्पनीको सेयर किनिसक्नुपर्नेछ ।

यो कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता ६५२ रुपैयाँ रहेको छ ।