काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्थाले मंसिर २३ गतेदेखि सतप्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका १६ लाख कित्ता सेयर निश्कासन गर्ने भएको हो । इच्छुक र योग्य सेयरधनीले पुस २९ गतेसम्म आवेदन दिन सक्नेछन् । 

हाल यो कम्पनीको चुक्तापूँजी १६ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि चुक्तापूँजी ३२ करोडको उचाईमा पुग्नेछ । 

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमीटेड रहेको छ । 

मंसिर ६ गतेसम्म कायम हुने सेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् । 

हकप्रद आवेदन नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्न अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट दिन पाइनेछ। 

संस्थाको हकप्रद सेयरलाई इक्रा नेपालले इक्रा एनपी आइपीओ ग्रेड ४ को रेटिङ दिएको छ । यसको अर्थ कम्पनीको अवस्था औसत आधार भन्ने जनाउँछ ।