काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ। 

संस्थाको गते असार ११ गते बसेको सञ्चालक समितिको बैकठले लाभांश प्रस्ताव गरेको हो। 

संस्थाले आर्थिक वर्ष २०७५/७६ को सञ्चित मुनाफाबाट हालको चुक्तापुँजी ३६ करोड ८० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ३ करोड ६८ लाख रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। 

बोनस सेयरको कर प्रयोजनार्थ संस्थाले १९ लाख ३६ हजार ८४२.११ रुपैयाँ नगद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव पनि गरेको छ। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि लागू हुने गरी वितरण गर्ने निर्णय पनि संस्थाले गरेको छ।